विराटनगर– धनकुटाको चौबीसे गाउँपालिका ३ स्थित बन्दुके डाँडाबाट प्रहरीले भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ।
स्थानीय १७ वर्षीय जीवन याख्खालाई प्रहरीले पक्राउ गरेको हो। याख्खाले बुधबार साँझ बन्दुक पड्काउँदै स्थानीयलाई आतंकित बनाएपछि पक्राउ गरिएको गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
याख्खाले १६ वर्षीय मनोज तामाङसँग सामान्य विवाद भएपछि भरुवा बन्दुक पड्काउँदै गाउँमा आतंक पैदा गरेको प्रहरीको भनाइ छ। बन्दुकको छर्रा लागेर याख्खाको आफै सामान्य घाइते भएका छन्। उनको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।