बुटवल- रूपन्देहीको तिलोत्तमा-७ का अशोक मुसहरको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले मुसहरको हत्या भएको पाँच दिनपछि हत्यामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
मंसिर २१ गते तिलोत्तमा-७ स्थित जहदा खेतमा मुसहरको शव फेला परेको थियो। हत्या गरेको आरोपमा तिलोत्तमा–७ का २२ वर्षिया पुजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
साउन्ड सिस्टमका विषयमा विवाद हुँदा चौधरीले मुसहरलाई टाउकोमा ढुङगाले प्रहार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।
‘मुसहर र चौधरी दुवै जना गाउँमा एउटा बिहेमा गएका रहेछन्’ थापाले भने, ‘बाटो फर्किदा दुवैजनाबीच साउन्ड सिस्टमको विषयमा भनाभन भई विवाद भएपछि दोहोर हानाहान हुँदा चौधरीले उनलाई ढुङगाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको देखियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।