• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डा कुमुद, जो 'मृत मुटु' झिकेर नयाँ जीवन दिन्छन्

64x64
किशोर दहाल बुधबार, मंसिर २६, २०७५  १३:५७
1140x725

काठमाडौं– ‘सबै कुरा ठिक भएपछि मात्रै कुनै काम गर्छु भनेर बस्यो भने त कहिल्यै सफल भइँदैन।’

डाक्टर कुमुद धिताल चार वर्षअघि ‘सर्कुलेटरी डेथ’ (धड्किन छाडेको) मुटुलाई पुनः चलाएर अर्को व्यक्तिमा प्रत्यारोपण गर्दैगर्दा आफ्नो मनमा खेलेको कुरा सुनाउँदै थिए। यसअघि ब्रेनमात्रै मृत्यु भएका व्यक्तिको चलिरहेको जिउँदो मुटु प्रत्यारोपण गरिएको भए पनि यसपटक भने उनको टिमले नयाँ प्रयोग गर्दै थियो। ठूलो सफलताको मुखमा उभिएको थियो, डा धिताल र उनको समूह।

‘प्रत्यारोपण गर्ने भनिएको मुटु हेरेँ, खासै राम्रो छैन। बिरामीलाई प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने भइरह्यो। मनमा डर र आँट दुवै खेलिरहेका थिए,’ चिकित्सकीय प्रयोगको त्यो अद्भूत क्षणबारे उनलाई अझै सम्झना छ, ‘सफल भइएन भने मेरो करिअरलाई नै नोक्सान पुर्‍याउँछ भन्ने पनि लाग्यो। फेरि सोचेँ– यत्रा मुटु हेरिसकेको छु, यो त ठिकै होला। दस वर्षपछि यही विधिबाटै मुटु प्रत्यारोपण गर्न सकिने रहेछ भन्ने पत्ता लाग्यो भने मलाई अहिले त्यही काम नगरेकोमा कति विस्मात होला? दुई घन्टासम्म यस्तै सोचिरहेँ। अनि आँट गरेँ।’

सबै चिज तयार नै थियो। उनीहरुको टिम अघि बढ्यो। सफल पनि भयो। त्यसपछि उनले खुट्टा बजारे। साथीसँग खुसी साटे।

बिरामी व्यक्ति, जसको मृत्यु भइसकेको थियो। उसको शरीरमा चल्न छाडिसकेको मुटुलाई निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको खबरबारे सन् २०१४ को अक्टोबर महिनाको अन्तिमतिर मात्रै संसारले थाहा पायो। डाक्टर धितालसहित उनको टिमले अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट्स अस्पतालमा यो सफलता दर्ज गराएको थियो। नयाँ प्रयोगमा अस्पताल नै सशंकित थियो। जसले गर्दा पहिलो सफलता हासिल गरेको तीन महिनापछि र तेस्रो सफलता पनि हासिल गरेपछि मात्रै बाहिर यो कुरा भन्यो, पत्रकार सम्मेलनमार्फत। नेपाली मूलका व्यक्तिको नेतृत्वमा यो सफलतालाई कतिपयले चमत्कार नै भएको बताए।

०००

इटलीको रोममा जन्मिएका हुन्, डा धिताल। बाबु विष्णुप्रसाद धिताल नेपाल सरकारका कर्मचारी थिए। त्यतिबेला बाबु–आमा इटलीमा भएकाले कुमुद उतै जन्मिए। उनी ५ वर्षको हुँदा बाबु नेपाल फर्किए। बाबुसँगै उनी पनि फर्किए। सेन्ट जेभियर्समा भर्ना भए। त्यहीँ पढ्न थाले, रमाउन थाले।

नेपाल फर्केको केही समयपछि बाबु कृषि मन्त्रालयका सचिव भए। पछि सरकारी जागिरबाट राजीनामा दिएर उनी राष्ट्रसंघ अन्तर्गतको काम गर्न रोम नै पुगे। कुमुदलाई पनि उतै लगियो। उतै पढ्न थाले। तर त्यहाँ पनि लामो समय पढ्न पाएनन्। १० वर्षको उमेरमा रोम पुगेका उनलाई १३ वर्षमा बाबुले बेलायत पुर्‍याए र त्यहीँको बोर्डिङमा भर्ना गरिदिए।

Ncell 2
Ncell 2
nimb
nimb

बेलायत पुर्‍याएपछि फर्किनुअघि बाबुले भनेका थिए, ‘बाहिर बस्ने हो भने त्यहाँका मान्छेअनुसारको हुनुपर्‍यो वा उनीहरुभन्दा असल हुनुपर्‍यो। नभए बाहिर बसेर काम छैन।’ बाबुको यो कुराले उनलाई अहिले पनि प्रेरित गरिरहन्छ। कताकता बाबुको यो सर्त पूरा गरेँ कि भन्ने आत्मसन्तोष पनि छ।

०००

यसअघि ब्रेन डेथ भइसकेको मानिसको चलिरहेको मुटु मात्रै अर्को व्यक्तिमा प्रत्यारोपण हुने गरेको थियो। डिसिडी (डोनेसन आफ्टर सर्कुलेट्री डेथ) डोनरबाट मुटुको प्रत्यारोपण गर्न सकिएको थिएन। यो सफलता अर्थात् एउटा मानिसको मृत्यु भएदेखि उसको मुटु अर्को बिरामीलाई प्रत्यारोपण गर्ने प्रक्रियासम्ममा केही नयाँ विधि प्रयोग भएका छन्।

मुटु थामिएपछि रक्त सञ्चार हुँदैन र बिरामीलाई मृत घोषणा गरिन्छ। नयाँ प्रविधि र सफलताको प्रयोग यहीँपछि सुरु हुन्छ। मृत घोषित व्यक्तिको मुटु बचाउन इन्जेक्सनद्वारा विशेष प्रकारको तरल पदार्थ (सोलुसन) हालिन्छ। र, त्यसपछि भने मुटु झिकेर ‘हार्ट इन अ बक्स’ भनिने विशेष मेसिन ‘एक्स भिभो अर्गान केयर सिस्टम’ मा राखिन्छ। यो काम सकेसम्म चाँडो गर्नुपर्छ। नत्र त्यो मुटुलाई पुनः चलाउन सकिँदैन। अहिलेसम्मको प्रविधिअनुसार ३० मिनेटभित्रै गरिसक्नुपर्ने डा धिताल बताउँछन्। मेसिनमा राखिएको मुटुलाई आवश्यकताअनुसार सोही वा अर्को अस्पतालमा पुर्‍याएर बिरामीमा प्रत्यारोपण गरिन्छ।

‘मेसिनमा राखिएको मुटुलाई आवश्यक पर्ने रगत, अक्सिजन, न्युट्रेसन सबै उपलब्ध गराउन सकिन्छ। त्यहाँ मुटु चल्न थाल्छ। नचले विद्युतीय प्रणालीबाट चलाउन सकिन्छ’, धिताल भन्छन्, ‘मेसिनमा बेसिक फिजियोलोजी र बायो केमेस्ट्री हुन्छ। त्यहाँ मुटुलाई के भइरहेको छ, हामीलाई थाहा हुन्छ। मुटुको स्वाभाविकता र अस्वाभाविकता परीक्षण गर्न सकिन्छ। हाम्रो सानो टिमलाई त मुटु देख्दैमा त्यो कस्तो छ भन्ने थाहा हुन थालिसक्यो। त्यो मुटु प्रत्यारोपण गर्ने कि नगर्ने भन्न सक्छौं।’

यसअघि, ब्रेन डेथ भइसकेका मानिसलाई भेन्टिलेटरमा राखेर उसको मुटुलाई स्वस्थ राखिन्थ्यो। र, जो बिरामीलाई मुटु प्रत्यारोपण गरिने हो, उसँग आवश्यक सबै कुरा मिलाएर प्रत्यारोपण गरिन्थ्यो। तर यो प्राविधिक रुपमा सम्भव भए पनि व्यावहारिक रुपमा मुटु प्राप्त गर्न कठिन थियो। सेन्ट भिन्सेन्ट्स अस्पतालका ट्रान्सप्लान्ट युनिट प्रमुख पिटर म्याकडोनाल्डले अस्पतालको पत्रकार सम्मेलनमा यो सफलताबाट नयाँ युग सुरु भएको बताएका थिए। उनले ब्रेन डेथ भएका व्यक्तिको मात्रै मुटु प्रत्यारोपण गर्न सकिएको भए पनि त्यस्ता मानिस भेट्न मुस्किल हुने र मुटु दिने तथा लिने व्यक्तिहरु जोडिएका अपरेसन थिएटरमा हुनु आवश्यक पर्ने भए पनि अब त्यस्तै हुनु नपर्ने बताएका थिए। उनको कुराले बिरामीको लागि थप राहत थपिएको बुझ्न सकिन्छ।

०००

जब सफलता हात लाग्यो, त्यो खबर संसारभर फैलियो, त्यसको नेतृत्व गरेको व्यक्तिको रुपमा उनको नाम पनि फैलियो। त्यो तरंग नेपालसम्म पनि आइपुग्यो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले धिताललाई फोन गरेर उनको सफलता सिंगो राष्ट्रकै गर्वको विषय भएको बताए। प्रधानमन्त्री मात्रै होइन, आम नेपालीले उनलाई चिने, गौरव गरे। नेपालीसँगको उनको नाता र नियति खोजे। यसबीचमा उनले धेरै अन्तर्वार्ता दिए। अनुभवहरु सुनाए। सम्बन्धहरु रिचार्ज पनि भए। तर आफ्नो काम निरन्तर गरिरहेका छन्, उनी। ‘ह्वात्तै चर्चा हुनु स्वभाविकै थियो, भयो पनि। अहिले कम भएको छ’, भन्छन्, ‘त्यसो त मान्छेहरुसँग भेटिरहन मसँग त्यति समय नै हुँदैन। सबैसँग भेटघाट गर्न जान पनि भ्याउँदिन। भेटघाटका लागि बोलाइरहन पनि भ्याउँदिन। अस्पतालकै वातावरणमा भुलिरहन्छु।’

तर, उनले बढी नै महसुस गरिरहेको परिवर्तन चाहिँ विभिन्न देशबाट आउने अनुरोधहरु रहेछन्। धेरैले म्यासेज गर्छन् र भन्छन्– म पनि तपाईंको युनिटमा आएर अवलोकन गर्न सक्छु कि! त्यस्ता अनुरोध आउँदा भने खुसी हुँदा रहेछन् उनी। सकेसम्म हप्तादिन वा दुई महिनासम्मलाई वातावरण मिलाइदिन्छन्। ती हेर्छन्, सिक्छन्, जान्छन्। कतिपय देशबाट भने आफ्नै अस्पतालमा बोलाउँछन् र ‘ट्रान्सप्लान्ट प्रोग्राम’ स्थापना गर्न सघाउनुपर्‍यो भन्छन्। केही दिनअघि मात्रै उनी यस्तै कामका लागि भियतनाम पुगेका रहेछन्। उनले भने, ‘पछिल्लो सफलतापछि भने यो क्रम बढ्दै गएको छ।’

नेपाल आएका बेलामा मात्रै उनी सहज उपलब्ध हुने रहेछन्। अन्य देशतिर भएका बेला समय निकाल्न मिडियाप्रति रुचि पनि नभएको, समय पनि नहुने बताए। त्यही पनि नेपाली पत्रकार भने सोधिरहन्छन्, ‘डाक्टर साहेब नयाँ केही गरियो कि?’

‘छैन, छैन’, उनी जवाफ फर्काउँछन्।

०००

बाल्यकालमा इटलीमा बस्दा घरमा नेपाली बोलिन्थ्यो, बाहिर इटली। अंग्रेजी पहिलो पटक भने जावलाखेलको सेन्ट जेभियर्समा पढेका हुन् उनले। केही वर्ष यतै पढे र इटली पुगे। ‘इटली पुग्दा पो थाहा भयो’, उनले बाल्यकाल सम्झिए, ‘मैले त इटली भाषा नै बिर्सेछु। तर विस्तारै रिकभर भयो।’

बाबुलाई चिन्ता लाग्यो। कतै नेपाली बोल्नै बिर्सने पो हो कि! बिर्सेका छैनन् भन्ने प्रमाण चाहिँ नेपाली भाषामै धाराप्रवाह बोलिरहेकाले पुष्टि गर्थ्यो। तर कसरी?

‘इटलीमै रहँदा पनि बाबुले गोरखापत्र अर्डर गर्नुहुन्थ्यो। त्यतिबेला पानीजहाजबाट आइपुग्दो रहेछ। कैयौं दिनको एकैपटक मुठा–मुठा पुग्थ्यो’, बाबुले नेपाली सिकाउन गोरखापत्रको सहायता लिएको कुरा उनले सम्झिए, ‘बेलुका स्कुलको होमवर्क सकिएपछि गोरखापत्रका समाचार सार्नुपर्थ्यो। विकल्पमा कथा लेख्नुपर्थ्यो।’

उनी कथा लेख्नभन्दा पनि गोरखापत्रका समाचार सार्थे। ‘सजिलो हुन्थ्यो नि त’, उनी हाँसे।

बेलायत पुग्दा पनि बाबुको चिन्ता छोराले नेपाली भाषा बिर्सेला कि भन्नेमै हुन्थ्यो। लवजमा त नेपाली, इटली र अंग्रेजीको मिश्रण भइसकेको थियो। लेखनमा भने प्रयास गर्न छाडेनन्। ‘बेलायतमा बस्दा पनि आमालाई भने नेपालीमै चिठी लेख्थेँ’, भन्छन्, ‘मैले लेखेको चिठी अर्को हप्तातिर फिर्ता आउँथ्यो। रातो मसीले फूलबुट्टा भरेर।’

आमालाई लेखेको चिठी बाबुले पनि पढ्दा रहेछन्। अनि नेपाली लेख्दा कहाँ–कहाँ गल्ती भयो, ह्रस्व–दीर्घ कहाँ मिलेन भनेर बाबुले सच्याएर पठाइदिने रहेछन्।

बाबुले उनलाई हरतरहले नेपाली सिकाए। नेपाली नै बोल्न अभिप्रेरित गरे। छोराले नेपालीपन नबिर्सियोस् भनेर चिन्ता गरे। उनले पनि सकेसम्म पछ्याए। ‘तर पछि नेपाल आउँदा मलाई अचम्म लाग्यो। नेपाल त अर्कै भइसकेको रहेछ। यहाँ त नेपाली बिर्सिसकेको जसरी बोलिदियो भने पो राम्रो मान्दा रहेछन्’, दिक्क माने जसरी बोले उनी।

आफ्ना सन्तानलाई उनले सानो छँदा नेपाली पनि सिकाउन खोजे। तर सम्भव भएन। उनी व्यस्त, श्रीमती अंग्रेज। कसरी सिकाउनु? ‘सानो हुँदा अलिअलि बोल्थे, अहिले सक्दैनन्। बेलाबेलामा गाली गर्छन्। किन सिकाइनस् भन्छन्’, विस्मात् मान्दै उनले भने।

बाल्यकालका केही वर्ष नेपालमा बस्दा उनी कविता पनि लेख्थे। बाबु पनि कथा, कविता लेख्ने भएकाले उनी प्रेरित भएका थिए। सेन्ट जेभियर्समा पढ्दा एकदिन होमवर्क नै कविता लेख्ने रहेछ। उनले बिर्सेछन्। कक्षामा पसेका ‘फादर’ ले अर्को साथीलाई कपी उठाउन लगाए। उनले त्यही समयमा हतारहतार कविता लेखे र बुझाए। ‘त्यो कविता छानिएर रेडियो नेपाल पुगेछ’, सम्झिए, ‘एकदिन बिहान अन्य साथीसँगै आएर आफ्नो कविता वाचन गर्नुपर्‍यो।’

स्कुलस्तरीय कविता प्रतियोगितामा पनि भाग लिएका रहेछन् उनले। पाटनको एउटा स्कुलमा उनको कविता तेस्रो भयो। तर, पुरस्कारबापत पाएका किताब सबै नेवारीमा रहेछन्। उनी नेवारी बुझ्दैनथे। उनी पुरानो कुरा सम्झेर बेस्सरी हाँसे।

०००

धेरैले चमत्कार भनेको सफलता हासिल गरेका उनी आफैंलाई भने यो घटना चमत्कार लाग्दैन। बरु आँट गरेको ठान्छन्। ‘हामी चमत्कार गर्न सक्दैनौँ’, भन्छन्, ‘हामीले त विज्ञानले केसम्म गर्न सक्छ भनेर जान्ने प्रयास गर्‍यौं। जे थाहा पायौँ, त्यसलाई प्रयोग मात्रै गरेका हौं। बरु त्यसमा हामीले आँटचाहिँ थपेका हौँ। आँट नै नभएर कतिले यही काम गरेका थिएनन्। मेरै हाकिमले बेलायतमा आँट नभएर यो काम गर्न सक्नुभएको थिएन। हामीले गरिदिएपछि उहाँहरुलाई सुविधा भयो।’

उनका अनुसार, अहिले (कात्तिक अन्तिम) सम्म जम्माजम्मी सय वटा जति मृत मुटु प्रत्यारोपण गरिएको छ। चार वर्षको अन्तरालमा तीन वटा केस असफल भएका रहेछन्। डा धितालको टिमको २८ मध्ये एक जनाको मृत्यु भएको छ। बेलायतमा दुई जनाको मृत्यु भएको छ।

‘कन्जेन्सियल हार्ट फेलियर’ भएपछि पछिल्लो प्रविधिको प्रयोगबाट पहिलो पटक मुटु प्रत्यारोपण गरिएकी बिरामी मिसेल ग्रिबिलाससँग डा धितालको भेट भइरहन्छ। उसले व्यक्त गर्ने खुसी र आभारले डा धिताललाई उत्साहित बनाउँदो रहेछ। डा धिताललाई लाग्छ, उनी जस्ताको तस्तै छिन्। त्यसो त पत्रकार सम्मेलनमा ग्रिबिलासले भनेकी थिइन्, ‘प्रत्यारोपणपछि आफू अर्कै व्यक्ति भएको महसुस भएको छ। म निकै भाग्यमानी रहेछु।’

०००

डा धिताल नेपालका अस्पतालको उपचार पद्धति देखेर अचम्म मान्छन्। उनले बिरामीलाई आवश्यकभन्दा बढी औषधि किन्न लगाएको देखेका छन्। एकमात्र उद्देश्य पैसा उठाउनु भएको उनको बुझाइ छ। ‘हामीकहाँ पारदर्शिता छैन। किनकि, कसैले सोधेको पनि छैन। मानौं न, कोही छाती दुखेर अस्पताल आयो, त्यो बिरामीलाई अस्पतालले के–के गर्‍यो, किन र कुन औषधि खुवाइयो भनेर कसैले सोधेकै छैन। क्लिनिकल गभर्नेन्स नै छैन। जथाभावी छ’, उनले थपे, ‘तपाईं बिरामी हुनुभयो भने अरु दुई जनाजति तपाईंसँगै हुनुपर्छ। तपाईंले पनि आम्दानी गर्न पाउनुभएन। अरु दुई जनाले पनि पाएनन्।’

तर, सबै डाक्टर र अस्पताललाई आरोप लगाउनु हुँदैन भन्न भने छाडेनन् उनले। केही डाक्टरको नाम नै लिएर प्रशंसा गरे। केही अस्पतालले राम्रो गरेको भन्दै निरन्तरताको शुभकामना पनि दिए।

के डाक्टर धितालको क्षमतालाई नेपालीले कहिल्यै उपभोग गर्न पाउलान्?

‘मैले केही पटक मन्त्रालयमा आफ्नो तर्फबाट प्रोग्राम पनि बुझाएको छु। तर सबैले ‘हुन्छ, डाक्टर साहेब’ भन्छन्। के गरौं त भनेर सोध्यो भने अगाडि बढ्नुस् भन्छन्। तर, कसैले के गर्ने स्पष्ट भन्दैनन्’, उनी भन्छन्, ‘अर्को पटक आउँदा मन्त्री परिवर्तन भइसकेका हुन्छन्। उनलाई पुरानो कुरा केही थाहा हुँदैन।’

नेपालको अव्यवस्थित शैलीले नयाँ काम गर्नै समस्या भएको उनको बुझाइछ । आफूलाई दुई जना मान्छे दिएर उहाँहरुसँग सहकार्य गरेर काम अगाडि बढाउनुस् भनिएको भए सहजै काम सकिन्थ्यो भन्छन्। माग आए सहयोग गर्ने तर आफू अगाडि नबढ्ने निष्कर्षमा पुगेको सुनाए, धितालले। दिक्क सुनिए उनी।

०००

परिवारका साथ सिड्नीमा बस्छन् धिताल। श्रीमती अंग्रेज हुन्। एक छोरा र छोरी सिड्नीमै पढ्छन्। वृद्धावस्थाकी आमा नेपालमै बस्छिन्। नेपाल आइरहने एउटा बहाना आमा पनि हुन्। कहिलेकाहीँ परिवारका साथ, कहिलेकाहीँ एक्लै भए पनि वर्षमा कम्तीमा एकपटक उनी नेपाल आउँछन्।

‘आफ्नो देश विकासको माथिल्लो चरण देखेकी श्रीमतीलाई नेपालको सडक, यहाँको पर्यावरण कस्तो लाग्छ रे?’ मैले डा धिताललाई सोधें। ‘झनै खत्तम पो भएछ भन्छिन्’, श्रीमतीका कुरा सुनाए, ‘पहिले–पहिले नेपाल आउँदा मजाले सडकमा हिँड्न सकिन्थ्यो। अहिले त धुलोले हिँड्नै सकिँदैन।’

डा धितालले केहीबेर धुलोको आलोचना गरे। त्यसले शरीरलाई पुर्‍याउने हानिबारे बताए। अनि आश्चर्यमिश्रित हाँसोमा प्रश्न गरे, ‘तर, नेपाली भनेको कस्तो जात? यस्तो कठिनाइ पनि सहेर बसेका छन्। शान्त छन्।’

हामी बुद्धको देशका मान्छे हौं भन्ने बिर्सेछन् क्यारे डाक्टर साहेबले।

‘यस्तै सहनशील मान्छे मैले जिम्बाबेमा पनि देखेँ’, उनले थपे, ‘त्यहाँका मान्छे निकै मिजासिला छन्। पढेलेखेका छन्। ठाउँ पनि सफा छ। तर बेरोजगारी निकै बढी छ। तैपनि मान्छे हाँसिनैरहेका देखिन्छन्। गज्जब लाग्छ।’

०००

मुटु अमुक अंग मात्रै होइन, बिम्ब पनि हो । युवा अवस्थाको कसैले उच्चारण गर्ने मुटु शब्दले प्रेमको आभास गराउँछ, वृद्धावस्थामा रोग लागेको एउटा अंग। आखिरमा मुटु भनेको के रहेछ त? ‘खास केही होइन। मासु हो। तर अन्य मासुभन्दा यो किन फरक छ भने यसले पम्प गर्छ’, सोच्दै नसोची बताइदिए।

मुटुप्रतिको फरक–फरक बुझाइले आफ्नो काममा अप्ठ्यारो थपेको उनले महसुस गरेका रहेछन्।

मृत्युको परिभाषा मुलुकैपिच्छे फरक–फरक भएको हुनाले कतिपय देशमा पछिल्लो सफलता पनि काम लागेको छैन। कतिपय देशमा जटिलता थपिएको छ। ‘इटलीमा मुटुको धड्कन रोकिएपछि पनि २० मिनेटपछि मात्रै मृत्युको सर्टिफिकेट दिन पाइन्छ’, धिताल भन्छन्, ‘जबकि, बेलायत र अस्ट्रेलियमा भने २ देखि ५ मिनेट पर्खिए पुग्छ। इटली जस्तैगरी २० मिनेट कुर्नुपर्ने भयो भने त्यो मुटुलाई हामीले पुन धड्काउनै सक्दैनौं।’ अन्यत्रभन्दा फरक यही व्यवस्थाका कारण मुटु प्रत्यारोपण गर्न सकिएको उनले बताए। भन्छन्, ‘मुटुमा राखिने सोलुसनमा अझ बढी विकास हुँदै गयो भने पछि इटलीजस्तो देशमा पनि मुटु प्रत्यारोपण गर्न सकिएला तर अहिले भने सकिँदैन।’

मृत्युसँग मुटु किन यसरी जोडियो? जबकि अरु अंग पनि त महत्वपूर्ण नै छन्। ‘अरु अंगमा हात पुर्‍याउनुस्, जिउँदो छ कि मरिसक्यो थाहा हुँदैन, तर मुटुमा हात पुर्‍याउँदा थाहा हुन्छ’, उनले थपे, ‘स्प्रिचुअल्ली पनि आत्मा यहीँ हुन्छ भनेर मुटुलाई महत्त्व दिने गरिन्छ। तर मरेपछि त सबै अंग उस्तै हो।’

०००

उनले आफू आबद्ध हुन चाहेको क्षेत्र न्युरो सर्जरी थियो। नर्भको रगत सप्लाइको विषयमा केही रिसर्च पनि गरेका थिए। तर पछि मोडिए।

उनी अक्सफोर्डमा मेडिकल विद्यार्थी थिए। तर तीन वर्षको कोर्समा एक हप्ताको लागि छुट्याइने मुटुको सर्जरी थिएटर बन्द भएका कारण हेर्नै पाएनन्। ‘मैले चाहेको न्युरो सर्जरी नै थियो। तर दुई वटा कामको एकैपटक एड्भर्टाइज आइदियो, कार्डियो सर्जरी र न्युरो सर्जरी। जुनियर लेभलमा। कार्डियोको पहिलो दिन अन्तर्वार्ता थियो, न्युरो सर्जरीको दोस्रो दिन। दुवै लन्डनको नामुद ठाउँमा’, आफू मोडिएको क्षण सम्झिन खोजे उनले।

अन्तर्वार्तापछि छानिएकाहरुलाई एउटा कोठामा लगियो। एउटीले सोधिन्, ‘कसलाई मुटुको सर्जन हुन मन लागेको छ?’ धितालले हात उठाए। अवसर गुमाउने कुरै थिएन। उनले एकजना सर्जनको नाम दिएर उहाँसँग काम गर्नुपर्ने बताइन्। पहिलो ‘विकेन्ड’ काम गरेपछि धिताललाई महसुस भयो– खासमा मलाई गर्न मन लाग्ने काम त यही रहेछ। ‘शुक्रबार बिहानदेखि शनिबार बेलुकासम्ममा जम्मा ५६ मिनेट सुतेँ’, उनले उत्साहित हुँदै सुनाए, ‘म निकै रमाएँ। निकै मजा लाग्यो। कसैलाई थिएटरमा लैजानुपर्‍यो। कसैलाई हर्ट अट्याक भएको छ। रगत, इन्जिन, ट्युबले उत्साहित बनायो।’

उनी भोलिपल्ट न्युरो सर्जनको अन्तर्वार्ता दिन पनि गए। उनले त्यहाँ मुटु सर्जनको काम स्वीकार गरिसकेको बताए। आफूलाई ६ महिनापछिको काम दिन अनुरोध गरे। अन्ततः उनीहरुले ६ महिनापछि आउने सर्तमा उनको अन्तर्वार्ता गरे। उनी गए पनि। ६ महिनासम्म न्युरो सर्जरी पनि गरे। यो क्षेत्र पनि मन त पर्‍यो तर मुटुको सर्जनमा जति रमाइलो भएन, छाडिदिए। उनी मुटुतिरै लागे।

०००

डा धिताल लामो समयदेखि मुटुकै विषयमा अनुसन्धान गरिरहेका थिए। क्याम्ब्रिजमा उनी यस विषयमा लगाव बढाइरहेका थिए। परीक्षण पनि गरिरहेका थिए। रुचि पनि बढ्दै गएको थियो। बेलायतमै रमाइरहेका उनलाई क्याम्ब्रिजमा सँगै फेलोसिप गरेका साथी पिटर म्याक डोनाल्डले अस्ट्रेलिया बोलाए। उतै गए। ‘उसले आफ्नो ल्याबमा मुटुलाई शरीर बाहिर कसरी जोगाइरहने भनेर अनुसन्धान गरिरहेको थियो। मैले भने क्याम्ब्रिजदेखि नै मेसिन चलाएको अनुभव थियो’, उनले साथीलाई प्रस्ताव गरे, ‘हामीले यो दुई कुरालाई कम्बाइन गर्‍यौँ भने डिसिडी मुटु पनि प्रत्यारोपण गर्न सकिन्छ।’

त्यसपछि उनीहरुको पूरा अनुसन्धान त्यता केन्द्रित भयो। सुँगुरमा परीक्षण गरे। विद्यार्थीले पिएचडी गर्न थाले। मृत व्यक्तिका नचलेका मुटुहरु ल्याएर चलाउन थाले। सजहता र असहजता नजिकबाट हेर्न थाले। अनि लाग्यो– अब ‘सर्कुलेटरी डेथ’ मुटुलाई बिरामीमा प्रत्यारोपण गरियो भने सफल भइन्छ।

‘त्यसपछि आँट गरियो’, उनले सम्झिए।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ छैन बाढीपछि बेपत्ता आफन्तको खोजीमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुगेकी धादिङ गंगाजमुना—४ की रमीता बस्नेत बाँनियाले बाढीपछि मानस... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा पुगेर फर्केपछि गगनले दिए भिडियाे सन्देश, के छ सन्देशमा ? बिहीबार, भदौ १८, २०८३
देउवा पक्षको छुट्टै महाधिवेशन तयारीपछि कांग्रेस अनुशासन समिति बैठक बोलाइयो बिहीबार, भदौ १८, २०८३
बाढी पूर्वानुमान शाखाको चेतावनी– त्रिशूली नदीमा बाढीको उच्च सम्भावना, ४८ जिल्लाका नदीमा बहाव बढ्ने बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया बिहीबार, भदौ १८, २०८३
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्