धनगढी- धनगढीको अतिव्यस्त बजार ट्राफिक चोकको ‘भट्टराई प्लास्टिक शोरुम’मा गएराति भएको आगलागीबाट झन्डै रु ५० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ।
शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लास्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ। स्थानीय रामनाथ भट्टराईले उक्त शोरुम चलाउँदै आएका थिए।
प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा धनगढी उपमहानगरपालिकाको दुई वटा दमकल र गोदावरी नगरपालिकाको एउटा दमकलको सहायतामा डेढ घन्टापछि आगो नियन्त्रणमा लिइएपछि वरिपरिका अन्य घरपसल आगो लाग्नबाट जोगिएका छन्।
पटका पट्काउँदा निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।