राजविराज– सप्तरीमा लागुऔषधको ठूलो परिमाणसहित प्रहरीले मंगलबार राजविराज–८ का २७ वर्षीय सन्जय यादवलाई पक्राउ गरेको छ।
राजविराज–४ स्थित कल्टुदास पोखरी छेउबाट यादवलाई स५प ८२७९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो। उनको साथबाट फेनारगन थान ९०, डाइजिल्याव इन्जेक्सन ९० थान, लिगेसिक इन्जेक्सन ९० थान लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले यादवविरुद्ध मंगलबारनै जिल्ला अदालत राजविराजबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।