काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश जारी गरेका छन्।
आज दिएको सन्देशमा उज्यालो र रङ्गहरूको महान् पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गरेका छन्।
'नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त विशेषता भएको मुलुक हो, नेपालका विविध सांस्कृतिक पर्वहरूले नेपाली समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्,' प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्, 'यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस्।'
साथै उनले राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न यो पर्वले सम्पूर्ण नेपालीलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।