• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

खाडीमा खोटो सिक्का

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  ०६:१५
1140x725

गत एक दशकमा नेपालमा बेरोजगारी समस्या झन्डै दोब्बर अंकले बढेको छ। विश्व बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार सन् २००७ देखि सन् २०१७ सम्म आइपुग्दा बेरोजगारी दर २.२८ बाट ४.३१ प्रतिशतमा वृद्धि भएको छ। यस दौरान सबभन्दा कम सन् २००८ मा २.२३ प्रतिशत थियो भने सबभन्दा बढी सन् २०१३ मा ५.४४ प्रतिशत।

नेपालमा सञ्चालित पुरानो उद्योग धन्दाहरु बन्द भएको र नयाँ खुल्ने सम्भावना न्यून रहेकोले वैदेशिक रोजगार नै आम्दनीको मुख्य श्रोत हुन गएकाले कथित कृषिप्रधान देश नेपाल विस्तारै ‘रेमिटेन्स’ प्रधान हुँदै गएको छ।

शक्तिशाली राष्ट्रहरुले आर्थिक विकासलाई प्राथमिकतामा राख्दै अर्थ–राजनीति र व्यापारिक–कूटनीतिक सम्बन्धको चस्मा मार्फत नै वैदेशिक सम्बन्धलाई पनि हेर्न थालेका छन्। फलस्वरुप विश्व राजनीतिमा बढ्दो संक्रमण र अस्वस्थ प्रतिस्पर्धाले गरिब मुलुकहरुमा आर्थिक, सामाजिक र राजनीतिक संकटको सम्भावना बढेको छ।

नेपालमा संविधान लेखन तथा संघीयता संस्थागत भइसकेपछि राजनीतिक तथा आर्थिक क्षेत्रमा आमुल परिवर्तनको अपेक्षा तथा आंकलन गरिएको थियो। राजनीतिक नेतृत्वमा अल्छिपन र ईच्छाशक्तिको अभावमात्र नभई व्यक्तिगत र पार्टीगत स्वार्थ रक्षा गर्नमा केन्द्रित रहेको आरोप लाग्ने गरेको छ। यसरी बेथिति र विवेकहीन राजनीतिक संस्कार संस्थागत हुँदै जानु नेपालमा न्याय र लोकतन्त्रको आधार स्तम्भहरुमा खिया लाग्नु हो। यो देशको भविष्यमाथि मडारिरहेको खतराको संकेत हो।

दुई महाशक्तिशाली मुलुकहरुको भूराजनीतिक स्वार्थको बीचमा अवस्थित तर कमजोर अर्थतन्त्र र तरल राजनीतिको जगमा घिस्रिरहेको नेपालका आफ्नै अप्ठ्याराहरु छन्। ती अप्ठ्याराहरुले स्वतन्त्र अस्तित्व, स्वाधिनता र लोकतन्त्रलाई पनि लामो समयदेखि खतरा प्रवाह गरिरहेको कुरा हामी सबैलाई थाहा छ।

अतः नेपालको लागि वर्तमानको आवश्यकता भनेको भविष्यबारे पूर्वानुमान गर्दै भौतिक पूर्वाधार निर्माण गर्नु र स्वदेशमै उत्पादनमुखी उद्योग–व्यवसायहरु सञ्चालनमा ल्ये प्रयास नै हो। त्यसका लागि उचित नीति तथा वातावरण आवश्यक हुन्छ। जसले विश्व श्रम साम्राज्यमा भौतारिँदै गरेका हाम्रा दक्ष जनशक्तिहरुलाई नेपालमै उपयोग गर्ने बाटो खोल्छ। परिमाणतः त्यसले हामीलाई भैपरी आउने संकटसँग जुध्न सक्ने शक्ति दिन्छ।  देशलाई आर्थिक रुपमा सबल र राजनीतिक रुपमा सन्तुलित बनाउँछ।

तर हाम्रो सरकारको ध्यान त्यतातिर गएको देखिँदैन। यस्तो विषम परिस्थितिमा पनि राष्ट्रिय सुरक्षा तथा आन्तरिक श्रोतहरुको रणनीतिक उपयोग गरि दिगो आर्थिक उन्नति तथा आन्तरिक द्वन्द्वको व्यवस्थापन जस्ता कुराहरु प्राथमिकतामा पर्न सकेका छैनन्। जुन आत्मघाती सोचको पराकाष्ठा हो।

अर्कोतर्फ, अत्यावश्यक जनशक्तिका लागि स्वदेशमै अवसर सिर्जना गर्नका लागि रणनीति र कार्यनीति बनाउनुको साटो विभिन्न देशहरुसँग श्रम सम्झौताको नाममा युवाहरुको पलायन लेख्दै छ। रमाइलो त के छ भने, हाम्रा युवाहरु खाडी मुलुकमा कौडीको भाउमा 'बेचिने' सम्झौताहरुलाई ठूलै उपलब्धीको रुपमा प्रचारित गरिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

देशमा आवश्यक जनशक्तिको कुनै लेखाजोखा नगरी अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउन प्रेरित गर्नु अदूरदर्शी सोच र कार्ययोजनाको अभावको परिणाम हो।

केही अघि रोजगारको लागि दक्षिण कोरिया जान ऋण खोज्दै गरेका सलिम मियाँको प्रश्न पंक्तिकारलाई अहिले पनि सम्झन्छु। तलब कम भए पनि समग्रमा आम्दनी राम्रै हुने प्रलोभन देखाएर प्रहरीमा जागीर लगाइदिनेको आश्वासनमा उनले दुई वर्ष बिताए। हुन पनि आजकाल मधेसका जिल्लाहरुमा सेना वा प्रहरीमा जागिर लगाइदिने भन्दै पैसा उठाउने र फरार हुने थुप्रै गिरोहहरु सक्रिय छन्। घुसको लागि पैसा दिनेहरु आफू पनि फस्न सक्ने डरले कानुनी उपचार खोज्न नजाने हुनाले त्यस्ता गिरोहले सजिलै मान्छे फसाइरहेका छन्।

यस्तै गिरोहबाट पीडित भएका मियाँको प्रश्न थियो– 'मैले सधै राम्रो अंक ल्याएर स्नातकसम्म पास गरे। लोकसेवा लडें। लिखितमा नाम निस्क्यो तर अन्तिम नतिजा मेरो पक्षमा आएन। यहाँ पढे अनुसारको काम गर्ने अवसर नै पाइनँ। आखिर खाडी नै पठाउनु छ भने सरकारले हामीमाथि किन लगानी गरेको होला? बरु सुरु दैखि नै त्यसको लागि तयारी गरेको भए विदेश गएर पनि दुःख पाइन्थेन कि?' 

उनले उठाएका प्रश्न सरकारले करोडौं खर्च गरेर बनाइएका युवा नीतिको असफलता झल्काउँछ। यो अवस्था तबसम्म जारी रहने छ, जबसम्म देशमा अस्थिर र प्रयोगात्मक राजनीतिक गतिविधिले गर्दा सामाजिक एवम् आर्थिक क्षेत्रमा अन्योलको वातावरण छाइरहने छ।

तर यस्तो जटिल समस्याहरु नेताहरुको कुटिल भाषण तथा सस्तो नारामा मात्र सीमित भइरहेको छ। नाकमुनिको समस्यालाई नजरअन्दाज गरी महत्त्वाकांक्षी सपना देखाएर समृद्धिको भाषण गरिएको छ। स्वदेशमै प्रचुर अवसर र सम्भावनाहरु हुँदाहुँदै पनि अहिले राष्ट्रको तन, मन, धन साथै बल र वुद्धि अनवरत रुपले पलायन भैसकेपछि समृद्धि कसका लागि र कसरी सम्भव होला?

अझै पनि ढिलो भइसकेको छैन। कुनै पनि देशको युवा जनशक्ति भनेको बलियो साधन हो, जुन अहिले नेपाललाई प्राप्त छ। समयको गाम्भिर्यता, देशको आवश्यकता तथा आगामी पुस्ताको लागि उचित वातावरणको सुनिश्चितताका लागि परिवर्तित सोच र उपलब्ध श्रोतलाई संस्थागत गरे पुग्छ । जनताको चाहनालाई इमान्दारीपुर्वक अनुशरण गरे पुग्छ।

उचित वातावरण पाए युवाहरुले स्वदेशमै पसिना बगाउने छन्। यसरी बेरोजगारी घट्नेमात्र होइन युवाहरुमा ईच्छा शक्ति, सकारात्मक हौसला र जिम्मेवारी पनि बढ्ने छ। मरुभूमीलाई हराभरा बनाउन सक्ने जनशक्तिले देशमा उत्पादनको नयाँ बिउ छर्नेछन्। त्यतिबेला खाडीमा खोटो सिक्का बन्न गइराख्नु पर्दैन। देशलाई जस्तोसुकै परिस्थितिसँग पनि लड्न सक्षम बनाउँदै आउँदो पुस्ताको लागि सुन्दर भविष्य आफ्नै हातले लेख्ने छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्