काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले एक थान बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ।
वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सिआइबीको टोलीले सोमबार काठमाडौ बुढानिलकण्ठबाट बाघको छालासहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका–४ का ३८ वर्षीय मानबहादुर तामाङ, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का ५० वर्षीय अमर सिंह र गोरखा बारपाक सुलीकोट गाँउपालिका–३ बस्ने वर्ष ३० कि लोकमाया गुरुङ छन्।
उनीहरुलाई अावश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडाैं पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।