काठमाडौं- लागुऔषध नियन्त्रण ब्यूराको टोलीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले पर्साको पकाह मैनपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय सुवास सहनीलाई नियन्त्रित मनोद्विपक लागुऔषध डाइजेल्याब २ सय एम्पुल, बुप्रेनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुलसहित काठमाडाैंकाे बल्खुबाट पक्राउ गरेको हाे।
पक्राउ परेका सहनीबाट थप अनुसन्धान गर्दै जाँदा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा सिम्राैनगढ नगरपालिका–७ बस्ने २४ वर्षीया पुनम कुमारी सहनी, पर्सा पकाह मैनपुर गाउँपालिका–२ बस्ने २० वर्षीय नरेश सहनीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले वीरगञ्जबाट पक्राउ गरी कोटेश्वर ल्याई म्याद थप गरी थप अनुसन्धान गरिरहेकाे छ।
यसैगरी, सोमबार ब्युरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारत सितामढी नगर परिषद् वडा नम्बर ६, जानकी स्थान रैन मुहल्ला चकम हिला घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय मोहम्मद तुफानलाई लागुऔषधसहित पक्राउ गरेको छ।
बेलुन बेच्दै हिँड्ने तुफानलाई ललितपुरको मगंलबजारबाट मनोद्विपक लागुऔषध डाइजेल्याब २ सय एम्पुल, बुप्रिनुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल र ३ हजार पिस नाईट्रोजेपाम ट्याब्लेट सहित पक्राउ गरिएको छ।
सोमबार नै ब्यूरोको टोलीले सुर्खेत वीरेन्दरनगर नगरपालिका–१० बस्ने २६ वर्षीय रमेश सिंह र सोही नगरपालिका–४ मा बस्ने २७ वर्षीय दिपक राना मगरलाई बाँकेका जमुनाह चोकबाट लागुऔषध खैरो हेरोइन १२ ग्रामसहित पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।