• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ओशोको मृत्यु रहस्य

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १५:०६
1140x725

स्वामी आनन्द अरुणबाट ओशोको शिष्यको रुपमा दीक्षित भएको पनि करिब १२ वर्ष पुगेछ। कहिलेकाहीँ पुना आश्रमको बारेमा स्वामी अरुण चित्त दुखाउँदै भन्नुहुन्थ्यो, 'हाम्रो गुरु ओशोलाई पुना आश्रममा नियोजित ढंगले मारिएको हो। त्यो हत्याको पर्दाफास हुनुपर्छ। भारतका संन्यासीहरु जसलाई यो कुरा थाहा छ, उनीहरु डराएका छन्। मुख खोल्दैनन्। पुना आश्रम ओशोले भने जसरी चल्नुपर्छ, रिसोर्टजसरी होइन।'

स्वामी अरुणले पुना आश्रमले ओशोको नाममा गरेको 'कपिराइट व्यापार'लाई चुनौती दिँदै आउनुभयो। उहाँले नेपाल, भारतभरि र संसारका विभिन्न देशमा ओशो कम्युन तथा सेन्टरहरु खोल्न प्रोत्साहन दिनुभयो।

अस्ट्रेलिया आएको दुई वर्षपछि हामी बाइरन बे भन्ने ठाउँमा ओशो आश्रम र संन्यासीहरु खोज्नतिर लाग्यौं। बाइरन बेमा ओशो ध्यान सञ्चालन गरिरहनुभएको रहेछ मा शाहिदोले। हामीले पहिलोपल्ट तपोवन र स्वामी अरुणबारे कुरा गर्दा उहाँले भन्नुभयो, 'मलाई यो व्यक्तिको बारेमा पहिले केहि पनि थाहा थिएन, तर अहिले थाहा छ। यसले संसारभरि ओशोलाई फैलाइरहेको छ। ठिक छ, उसलाई हामी बोलाउनेछौं।'त्यसपछि स्वामी अरुण अस्ट्रेलिया आएपछि पुराना संन्यासीहरु फेरि ध्यानसँग जोडिन थाले। उनीहरुको उत्साह मैले आफ्नै आँखाले देखेको छु। गत वर्षको मेडिटेसन क्याम्पअघि शाहिदो माले भन्नुभएको थियो, 'हामीले मानिसहरुलाई सूचना दिने र मेडिटेसन क्याम्पको व्यवस्थापना गर्ने हो। बाँकी कुरा कि स्वामी अरुणलाई थाहा छ कि ओशोलाई।'

स्वामी अरुणसँगै हामी न्युजिल्यान्डमा रहेको ओशो कम्युन पुग्यौं। कपिराइटको डरले ओशोको नाम प्रयोग गर्न डराउने पश्चिमा संन्यासीहरुको हुलमा अनौठो कुरा देखियो। न्युजिल्यान्डको कम्युनबाहिर ओशो लेखिएको छ। पहिलोपल्ट त्यहाँ सिद्धार्थसँग पुग्दा हामी दुवै जना हर्षले रोएका थियौं। ओशोसँग नजिक बसेर सुफी मेडिटेसनको सुरुवात र व्यवस्थापन गर्न सघाउने त्यो कम्युनकी मा पार्किन्सन रोगले शिथिल हुनुभएको थियो। तर अनुहारको कान्ति हजार वाटको बत्ती जस्तै।

उहाँहरुले स्वामी अरुणलाई जानी नजानी इन्डियन विशेष खाना खुवाएर प्रेम दर्शाइरहनुभएको थियो। स्वामी जीसँगको भेटमा उहाँले ओशोको मृत्युबारे थुप्रै रहस्य खोल्नुभयो। 

'मलाई बोल्न डर लाग्छ,' उहाँ वरपर हेरेर सशंकित बन्नुहुन्थ्यो, 'हो, उनीहरुले ओशोलाई मारे। हामी सबैलाई थाहा थियो, उनीहरु ओशोलाई मार्न षडयन्त्र गर्दैछन् भनेर। त्यही भएर हामीले उनीहरुविरुद्ध बोल्यौं। हामीलाई मार्ने धम्की आयो। त्यसपछि उहाँ पनि पुनाबाट भाग्नुभएछ। ज-जसले त्यो षड्यन्त्रको बारेमा बोल्ने दुस्साहस गरे, ती सबैलाई कि त मारियो, कि पुना आश्रम छोड्न बाध्य बनाइयो।'

भारतकै एउटा आश्रममा ध्यान चलाएर बसिरहनुभएकी चर्चित ओशो संन्यासी अस्ट्रेलियामा आउनुभएको थियो। आफ्नो सारा यौवनकाल र बाँकी धेरै समय पुनामा रहनुभएकी माजीलाई मैले सोधेँ, 'किन छोड्नुभयो पुना आश्रम?'

'हो, उनीहरुले ओशोलाई मारे। हामी सबैलाई थाहा थियो, उनीहरु ओशोलाई मार्न षडयन्त्र गर्दैछन् भनेर। त्यही भएर हामीले उनीहरुविरुद्ध बोल्यौं। हामीलाई मार्ने धम्की आयो। त्यसपछि उहाँ पनि पुनाबाट भाग्नुभएछ।'

nimb
nimb
Ncell 2
Ncell 2

उहाँले डराउँदै भन्नुभयो, 'धेरै रहस्य छ, बोल्न मिल्दैन।'

मैले फेरि सोधेँ, 'त्यत्रो समय बिताएको आश्रम छोड्न हजुरलाई गाह्रो भएन?'

त्यसपछि उहाँले भन्नुभयो, 'जुन समाधिमा बसेर हामी मौन ध्यान गर्थ्यौं, त्यो समाधिमा क्यथार्सिस हुन थाल्यो। हामीले विरोध गर्यौं, हामीलाई चेतावनी दिइयो। आश्रमलाई सर्वसाधारणको पहुँचभन्दा परको बनाइयो। महँगो रिसोर्ट स्टाइलमा ओशोको नामको कपिराइट बनाएर बिजनेस गर्न थालियो।'

मैले सोधे, 'हजुरहरु किन यसविरुद्ध बोल्नु हुन्न?'

उहाँले आँसु खसाएर भन्नुभयो, 'विवेकलाई मारे, बोल्यो भने मलाई पनि मार्छन्।'

पाँच वर्षअगाडि बाइरन बेकै एक जना संन्यासी पुना जानुभएछ। किनकि पुना आश्रमको वरिपरि उहाँहरुको पुराना संन्यासी साथीहरु छन्। उहाँलाई संगीतमा रुचि छ। पियानो बजाउन र गीत गाउने सोख छ। उहाँले पुना आश्रमको साँझको उत्सवमा लाइभ संगीत गर्दा ओशो शब्द उच्चारण गर्नुभएछ। त्यसपछि उहाँलाई बोलाएर आइन्दा ओशो शब्द उच्चारण नगर्नु भनेर धम्की दिइएछ- ओशोको ठाउँमा अस्तित्व भन्नु वा नेचर भन्नु तर ओशो नभन्नू। 

ओशोको शरीर जलाइसकेपछि उहाँकै प्रेरणामा स्थापित पुना आश्रममा आज ओशोको नाम किन उच्चारण गर्न पाइँदैन? गुरु-शिष्यको सम्पर्कको रुपमा निर्माण गरिएको ओशोको तस्बिर अंकित माला लगाएर पुना आश्रमभित्र जान किन वर्जित छ?

स्वामी अरुणसँगको भेटमा हाम्रो अगाडि नै उहाँले भन्नुभयो, 'अब म पुना जान्नँ। जहाँ मेरो गुरुको नाम समेत उच्चारण गर्न पाइँदैन, त्यो ठाउँमा म किन जाऊँ?'

भारतकै अर्का ध्यानी संन्यासी चैतन्य कृतिले आफ्नो फेसबुक पेजमा लेख्नुभयो- ओशोलाई अमेरिकाको जेलमा हुँदा नै विष दिइएको थियो। त्यही विषको प्रभावले शरीर छोड्नुभयो। 

मलाई अन्य विशिष्ट संन्यासीहरुको मत र हु किल्ड ओशो भन्ने किताब पढेपछि लाग्छ– ओशोलाई सुनियोजित ढंगले मारिएको हो। 

अमेरिकामा छँदा विष दिइयो। त्यो विषले शरीर गल्न नसकेपछि उहाँको घाँटी थिचिएर मारिएको हुनुपर्छ। नत्र पोस्टमार्टम गर्न नदिई, डाक्टरलाई हप्काइदप्काई गरेर डेथ सर्टिफिकेटमा हस्ताक्षर गर्न किन लगाइयो? ओशोका संसारभरिका संन्यासी भेला हुन नपाई, आफ्नो प्रवचनमा भने जस्तो मेरो समाधि बनाउनु भन्ने निर्देशन नमानी उहाँको शरीरलाई हतारहतार जलाउनुले के संकेत गर्छ?

ओशोको शरीर जलाइसकेपछि उहाँकै प्रेरणामा स्थापित पुना आश्रममा आज ओशोको नाम किन उच्चारण गर्न पाइँदैन? गुरु-शिष्यको सम्पर्कको रुपमा निर्माण गरिएको ओशोको तस्बिर अंकित माला लगाएर पुना आश्रमभित्र जान किन वर्जित छ? सेक्सको वैज्ञानिकतालाई छर्लंग बनाउनुहुने ओशो जस्तो महान् गुरुको आश्रममा पस्न किन ब्लड चेक गर्नुपर्छ? आश्रम भित्र सेक्स गर्न जान्छन् कि ध्यान गर्न? ध्यान गरेपछिको मादकता कुनै मादक पदार्थको भन्दा कम हुँदैन भन्ने अनुभव हामी सबैलाई थाहा छ। पुना आश्रममा ध्यान सेसनपछि उत्सवको रुपमा किन मादक पदार्थ सेवन गरिन्छ? 

यस्ता थुप्रै प्रश्न हामी ओशोलाई माया गर्ने र ओशो मार्गमा हिँड्ने संन्यासीहरुको सामु अझै छ। मेरो बुझाइमा, स्वामी अरुणले पुना आश्रमको होइन, पुना आश्रम व्यवस्थापनको विरोध गर्नुभएको हो। म पनि कुनै दिन, मेरो गुरु ओशोले स्थापना गर्नुभएको पुना आश्रममा गएर ओशो बस्नुभएको घर, हिँड्नु भएको बगैंचा, बाटो आँखाभरि हेर्नेछु। तर, 'हत्याराहरु' व्यवस्थापनबाट निस्किएपछि।

हाल : सिड्नी, अस्ट्रेलिया

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्