• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दरबारकै स्विकृतिमा मैले ओशोलाई नेपाल भित्र्याएको थिएँ

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १०:५४
1140x725

तस्बिर : beniwaiba.blogspot.com


ओशोले मलाई नेपाल आउने पहिलो मिति दिनुभएको थियो, सन् १९७० मा। म त्यतिबेला विहारको पटना विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै थिएँ। मैले उहाँलाई नेपाल आउन आमन्त्रण गरेको थिएँ। उहाँले पनि मार्च १९ देखि २२ सम्म ३ दिनका लागि नेपाल आउने आश्वासन दिनुभएको थियो।

ओशोले भर्खरै आफ्नो अध्यापन कार्यबाट विश्राम लिनुभएको थियो। जबलपुरमा बस्नुहुन्थ्यो र प्रसिद्ध भइसक्नुभएको थिएन। उहाँको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। म पनि विद्यार्थी थिएँ, परिवारको खर्चबाट चल्दै थिएँ।

उहाँको सचिव अरविन्द कुमारले मलाई चिठी लेखेर गुरुको भ्रमणका लागि जबलपुरबाट बनारससम्म रेलको पहिलो श्रेणीको टिकट र बनारसबाट काठमाडौं आउन प्लेनको टिकट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो। 

ओशोलाई त्यतिबेला भारतबाट काठमाडौं ल्याउन करिब ५–६ हजार खर्च लाग्ने भयो।

विद्यार्थी भएको हुनाले मसँग त्यति ठूलो रकम थिएन। मेरो बुवा–आमासँग पैसा त थियो। तर, संन्यासतर्फको मेरो झुकाव उहाँहरूलाई सुरुदेखि नै फिटिक्कै मन परेको थिएन। छोरा पढाइ छाडेर जोगी बन्ला भन्ने डर भईभई त्यस्तो कुरामा पैसा दिने कुरै थिएन।

१९७० मा ओशोलाई नेपाल भित्र्याउने मेरो सपना त्यत्तिकै तुहियो। यो घटनाले मलाई आफैंप्रति लज्जाबोध र ग्लानि हुन्थ्यो।

पछि मैले इन्जिनियरिङको पढाइ पूरा गरेँ। काठमाडौंमा केही समय काम गर्ने क्रममा मेरो पनि आर्थिक हैसियत चुलियो। मैले फेरि ओशोलाई नेपाल आउन आग्रह गरेँ। म बारम्बार उहाँलाई भेटेर नेपाल आउने निमन्त्रणा दिइरहन्थेँ।

nimb
nimb
Ncell 2
Ncell 2

ओशोको जीवनकथा निकै रोचक छ। 

उहाँ ‘इन्लाइटमेन्ट’ हुनुभयो, १९५३ मा। यसपछि उहाँले १९७० सम्म यति धेरै यात्रा गर्नुभयो, लाखौं व्यक्तिलाई प्रवचन दिनुभयो। त्यसपछि दीक्षा दिन सुरु गर्नुभयो। त्यस क्रममा हिँडडुल गर्ने कार्य ठ्याक्कै बन्द गर्नुभयो। उहाँ मुम्बई र पुना गएर ढुक्कै बस्नुभयो।

मैले यसबीचमा उहाँसँग थुप्रै अनुरोध गरेँ। तर, उहाँले भन्नुभयो, ‘मैले अहिले हिँडडुल गर्ने कार्यलाई विश्राम दिएको छु। जुन दिन सुरु गर्छु, नेपाल अवश्य आउँछु।’

उहाँले मलाई नेपाल आउने पहिलो आश्वासन १९७० मा दिनुभएको थियो। तर मौका जुर्‍यो, १९८६ को जनवरी ३ मा। त्यतिबेला नेपालमा व्यवस्थित रुपमा ओशोको कुनै आश्रम बनिसकेको थिएन। ताहाचलस्थित मेरो सानो घर नै ओशो आश्रम थियो। ओशो बाहिर निस्किँदा हजारौंको संख्यामा उहाँका अनुयायीहरूको लर्को लाग्थ्यो। त्यसैले आफ्नो घर उहाँको बसोबासका लागि निकै सानो हुने देखेपछि मैले होटल सोल्टीमा राख्ने व्यवस्था मिलाएको थिएँ।

उहाँको काठमाडौं आगमनपछि काठमाडौंको रौनकै अर्को भयो। यति ठूलो संख्यामा पहिलोपल्ट विदेशी पर्यटक नेपाल भित्रिए, अहिले पनि यसको रेकर्ड छ। उहाँलाई पछ्याउँदै एक महिनाभित्र मात्र २५औं हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिए। नेपाली पर्यटन इतिहासमा यो आफैंमा एउटा अद्भूत घटना थियो।

केही दरबारिया तथा कट्टरपन्थी हिन्दु जमातले वीरेन्द्रलाई भड्काए– हिन्दु राजा भएर पनि ओशोलाई भेट्न जान मिल्छ भनेर। उनीहरूको तर्क थियो, ‘ओशो पो राजालाई भेट्न आउनुपर्छ।’

त्यतिबेला नेपालमा हवाई मात्र होइन, बाटोको सुविधा पनि उत्ति राम्रो थिएन्। तर पनि विदेशीहरू प्लेन चार्टर गरेर समेत नेपाल भित्रिए। तत्कालीन रोयल नेपाल एयरलाइन्स (आरएनएसी) को काठमाडौं–दिल्लीको उडान दिनमा एक पटक मात्र थियो। तर, ओशोलाई भेट्न आउनेहरुको चाप धान्न नसकेपछि दैनिक तीन उडान गर्नुपर्‍यो। पर्यटकको अत्यधिक चापका कारण भारतीय एयरलाइन्सले पनि दिनमा दुई पटक उडान गरेको थियो।

काठमाडौंका सबै होटल पर्यटकले खचाखच थिए। होटल व्यवसायी मात्र होइन, ट्याक्सीवालाहरू मलाई भेटेर अनुरोध गर्थे, ‘स्वामीजी! ओशोलाई नेपालमै राख्ने व्यवस्था गर्नुपर्‍यो। बरु उहाँलाई राख्न कति खर्च लाग्छ, हामी बेहोर्छौं।’

लाग्थ्यो, काठमाडौं पहिलोपल्ट निकै चलायमान बनेको छ। उहाँ दिनमा दुईपल्ट प्रवचन दिनुहुन्थ्यो। बिहानको प्रवचनमा सीमित व्यक्ति हुन्थे, लगभग १५ जना जतिको। त्यो प्रवचन उहाँकै कक्षभित्र हुन्थ्यो।

दिउँसो प्रवचनका लागि हामीले सोल्टी होटलमै ५ सय व्यक्ति अटाउने एउटा हल (हालको मेघा मलहार) व्यवस्था गरेका थियौं। यसका लागि दैनिक ५ हजार रुपैयाँ भाडा तिर्नुपर्थ्यो। यसको खर्च उठाउन मैले प्रतिव्यक्ति २५ रुपैयाँको दरले टिकटको व्यवस्था गरेको थिएँ।

टिकट बिक्रीका लागि बिहान ८ बजे नै काउन्टर खुलिसक्थ्यो। रोचक कुरा, ९ बजेभित्र सबै टिकट बिक्री भइसक्थ्यो। उहाँलाई सुन्न मानिसहरू यति व्यग्र थिए, मैले पछि सुनेँ– २५ रुपैयाँको टिकट ‘ब्ल्याक’मा ५ सय रुपैयाँसम्म बिक्री भयो रे।

उहाँ ५ वर्ष अमेरिका बसेर भर्खरै भारत फर्किनुभएको थियो। त्यसैले अमेरिका र युरोपबाट नेपाल भित्रिने अनुयायीको संख्या ठूलो थियो।

ओशोको काठमाडौं आगमनले राजदरबारमा पनि कम्पन भयो। तत्कालीन राजा वीरेन्द्र विकासप्रेमी थिए। त्यसैले उनी ओशोलाई नेपालमा राख्ने मनस्थितिमा थिए। राजा वीरेन्द्रलाई मैले आफैले भेटेर एउटा ‘प्रपोजल’ बनाएर दिएको थिएँ। त्यसमा मैले ‘ग्यारेन्टी’ गरेको थिएँ– ‘ओशो नेपाल बस्नुभयो भने लाखौं पर्यटक देश भित्र्याउने जिम्मा मेरो।’

राजा वीरेन्द्रको इच्छा थियो, अन्य विकास क्षेत्रको तुलनामा सुदूरपश्चिम धेरै पछाडि छ। त्यसैले त्यहाँको विकास द्रुत गतिमा होस्। उनले मलाई ओशो आश्रम सुदूरपश्चिमको कुनै ठाउँमा बनोस् भन्ने इच्छा जाहेर गरेका थिए। वीरेन्द्रको विशेष मोह सुर्खेतमा थियो। त्यसैले आश्रम पनि त्यही बनोस् भन्ने कामना थियो।

ओशोको नेपाल आगमनपछि उहाँप्रति स्थानीयको बढ्दो आकर्षण र दरबारको सहयोगी भावबाट नेपालका कट्टरपन्थी हिन्दुहरू अत्तालिएका थिए। ओशोको विचारधारा विद्रोही स्वभावको छ। त्यसैले उहाँको विचार नबुझेका केही धार्मिक ठेकेदारहरूले स्थानीय पत्रपत्रिकामा लेख छपाएर विरोध सुरु गरे। केहीले ‘सेक्स गुरु’ भनेर होच्याउन खोजे। अमेरिकाबाट निर्वासित भएर फर्किनुभएकाले केहीका लागि उहाँ विरूद्ध लेख्ने मसला पनि बन्यो।

ठट्टा गर्दै उहाँले उत्तर दिनुभएको थियो। तर, यसमा पनि केही दरबारिया र कट्टरवादी हिन्दु जमातले अनर्थ निकाल्ने प्रयास गरे। हल्ला फिजाएँ– ओशोले राजाको अपमान गरे। होच्चाउन खोजे।

अमेरिका छाड्ने बेला ओशोलाई आफ्नो जीवनको उत्तरार्द्ध हिमालयको काखमा बिताउने ठूलो रहर थियो। त्यसैले उहाँ अमेरिकाबाट फर्किएपछि भारतको मनालीमा २–३ महिना बस्नु पनि भयो। त्यतिबेला म पनि उहाँसँगै थिए। तर, मनालीमा रमाउन सक्नुभएन। यसपछि उहाँले मलाई भन्नुभयो, ‘मलाई भारत, नेपाल, भुटान, सिक्किम, तिब्बतसँग कुनै सरोकार छैन। हिमालयमा बस्ने मेरो चाहना हो। तिम्रो नेपालको हिमालयमा बस्न मिल्छ भने म त्यहाँ ध्यान गरेर बस्न चाहन्छु।’

मैले यो प्रस्ताव दरबारमा राखेँ। ओशोको साहित्य र केही अडियो सुनेको हुनाले ओशोप्रति राजा वीरेन्द्रको केही झुकाव थियो। वास्तवमा दरबारकै स्वीकृतिपछि मैले ओशोलाई नेपाल भित्र्याएको हुँ। सोल्टीमा बस्नुभएको ओशोसँग राजा वीरेन्द्रको भेट गराउन मैले भरमग्दुर प्रयास गरेको थिएँ। तर, केही दरबारिया तथा कट्टरपन्थी हिन्दु जमातले वीरेन्द्रलाई भड्काए– हिन्दु राजा भएर पनि ओशोलाई भेट्न जान मिल्छ भनेर। उनीहरूको तर्क थियो, ‘ओशो पो राजालाई भेट्न आउनुपर्छ।’

वीरेन्द्रले विवाद र चर्चा केही मत्थर भएपछि ओशोसँग भेट्ने कुरा गरेका थिए। तर, त्यो समय कहिल्यै आएन।

ओशोको गजबको बानी थियो। नेपालमा ४५ दिन सोल्टी होटलमा बस्दा उहाँ होटलको चौघेराबाट कत्तै निस्किनुभएन। बिहान १० बजे होटल बाहिर एकछिन बगैंचामा टहलिन निस्किनुहुन्थ्यो र अपराह्न ४ बजेतिर होटलकै वरिपरि घुम्नुहुन्थ्यो। बाँकी समय ध्यान र प्रवचनमै बित्थ्यो।

उहाँलाई मैले लुम्बिनी, पोखरा र गोदावरी घुमाउन लैजाने निकै प्रयास गरेको थिएँ। नाइँ कहिल्यै भन्नुभएन। तर, घुम्ने अग्रसरता कहिल्यै देखाउनुभएन।

उहाँ जसरी एयरपोर्टबाट होटल सोल्टी पुग्नुभयो, त्यसरी नै फर्किने बेला सोल्टीबाट एयरपोर्ट लाग्नुभयो। नेपालको अन्य कुनै ठाउँ घुम्नुभएन। प्लेनबाट काठमाडौं आउँदा नेपाली भूगोललाई जुन प्रकारले अनुभव गर्नुभयो, त्यो नै उहाँका लागि पर्याप्त थियो। नेपाल नघुमे पनि यहाँको सामाजिक संरचना, धर्म, साहित्य र संस्कृतिबाट उहाँ परिचित हुनुहुन्थ्यो।

यसको झल्को मैले नेपाल आएको भोलिपल्टै होटल सोल्टीमा आयोजना भएको पत्रकार सम्मेलनमा पाएँ। उहाँले पत्रकार सम्मेलनमा नेपालको विषयमा सविस्तार कुरा गर्नुभयो। उहाँले त्यतिबेला अर्को कुरा पनि गर्नुभएको थियो, ‘नेपाली भाषा मैले प्लेनमा पहिलोपल्ट सुन्ने मौका पाएँ। असाध्यै मिठो लाग्यो।’

युरोपका शिष्यहरूले काठमाडौंबाट उहाँलाई सोझै ग्रिस लगे। मैले यही झोँकमा कुनै दिन उहाँ नेपाल फर्किनुहोला भनेर घर ठूलो बनाएँ। तर, उहाँ फेरि फर्किनुभएन।

पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासा सकिएपछि मैले पनि एउटा प्रश्न राख्ने मौका पाएँ। मेरो प्रश्न थियो, ‘धनीहरूको घर निकै ठूलो हुन्छ, तर उनीहरूको घरमा अतिथिलाई राख्ने एउटा कोठा पनि हुँदैन। गरिबको झोपडी निकै सानो हुन्छ। तर पनि अतिथिलाई आफ्नो घरमा राख्ने ठूलो मुटु हुन्छ। तपाईंलाई अमेरिका जस्तो समृद्ध देशले राख्न सकेन। निष्कासित गर्‍यो। अहिले नेपाल जस्तो गरिब देशमा हुनुहुन्छ। हामी आत्मादेखि नै तपाईं यहाँ बस्नुहोस् भन्ने चाहन्छौं, के तपाई नेपाल बस्न चाहनुहुन्छ?’

उहाँले गजबको उत्तर दिनुभयो। भन्नुभयो, ‘बस्छु। यदि तिम्रो राजा चाहन्छन् भने। तर, यसमा पनि एउटा संकट आउन सक्छ। यदि म तिम्रो मुटुमा बसेँ भने तिम्रो जीवन यति आह्लादित बन्न सक्छ, जसका कारण तिम्रो राजाले तिमीसँग ईर्ष्या गर्न सक्छन्।’

वास्तवमा उहाँले ठट्टा गर्दै यो उत्तर दिनुभएको थियो। तर, यसमा पनि केही दरबारिया र कट्टरवादी हिन्दु जमातले अनर्थ निकाल्ने प्रयास गरे। हल्ला फिजाएँ– ओशोले राजाको अपमान गरे। होच्चाउन खोजे।

ओशो नेपालमा बस्न चाहनुहुन्थ्यो। तर, युरोपका उहाँका अनुयायीहरू कुनै पनि हालतमा उहाँलाई नेपालमा राख्न चाहँदैनथे। ओशो नेपालमा बस्नुभयो भने आनन्द अरुण उहाँको सबैभन्दा नजिकको शिष्य बन्छ भन्ने डर पनि थियो, केही अनुयायीलाई। फेरि नेपालमा पनि त्यतिबेला खासै भौतिक पूर्वाधारको विकास भइसकेको थिएन। न केही कुराको सुविधा नै थियो। ओशोसँग ४५ दिन काठमाडौं बस्दा त युरोपका अनुयायीहरूलाई गाह्रो परिसकेको थियो भने आजीवन उनीहरू नेपाल बस्ने कल्पना धेरै टाढाको कुरा थियो। यसैले पनि उनीहरूले ओशोलाई आफ्नै मुलुकतिर लैजान दबाब दिइरहे।

त्यतिबेला नेपालमा आश्रम बनिसकेको थिएन। ओशो होटलमा बस्न नचाहने। बरु सानै भए पनि उहाँ ताहाचलस्थित मेरो घरमा बस्न चाहनुहुन्थ्यो। त्यतिबेला मेरो घर यति सानो थियो, उहाँले चाहेर पनि म राख्न सक्दिनँ थिएँ। घरमा कुनै किसिमको सुविधा थिएन। फेरि उहाँसँग थुप्रै चेलाचेली थिए। भेटघाटका लागि पनि ठाउँ निकै साँगुरो थियो।

यही बीचमा युरोपका शिष्यहरूले काठमाडौंबाट उहाँलाई सोझै ग्रिस लगे। मैले यही झोँकमा कुनै दिन उहाँ नेपाल फर्किनुहोला भनेर घर ठूलो बनाएँ। तर, उहाँ फेरि फर्किनुभएन।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्