• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनकपुरधाममा अयोध्याबाट जन्तीको सवारी [फोटो फिचर]

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  २०:५४
1140x725

जनकपुर– जनकपुरमा आयोजना भइरहेको रामजानकी विवाह पञ्चमीको आज चौथो दिन तिलकोत्सव सम्पन भएको छ।

विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ तथा चौथो दिन आज तिलकोत्सव सम्पन भएको हो। मंगलबार अर्थात पाँचौँ दिन मटकोर र छैठौं दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको रुपमा चुनिने र उनीहरुकै छलफलबाट विवाह तय गरिन्छ। तिलकोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारका सौगात (भार) लिएर राम मन्दिरमा लाने गरिन्छ। यसैलाई तिलकोत्सव भन्ने चलन छ। सामान्य अर्थमा तिलकोत्सव भन्नाले विवाहपूर्व गरिने टीका टालोलाई बुझिन्छ।

तिलकोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागिता रहेको थियो। विगत भन्दा यस वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइँदैछ।

जनकपुरधाममा अयोध्याबाट जन्तीको सवारी

भारत उत्तर प्रदेशको अयोध्याबाट घोडा रथ लिएर साधुसन्त जन्तीको रूपमा जनकपुरधाम आइपुगेका छन्। सोमबार साँझ दुई वटा रथ र एक दर्जन बढी गाडीमा सवार हुँदै सयौंको संख्यामा साधुसन्त आइपुगेका हुन्।

Ncell 2
Ncell 2

राम, लक्ष्मण, शंकर, हनुमानको भेषमा सजिएका युवाहरु सहित साधुसन्त जन्तीको रुपमा आएका छन्। जन्तीलाई मिथिलाको संस्कृतिअनुसार नगराइन नगरपालिका स्थित राजेश्वर निधी माविमा स्थानीयले स्वागत गरेका छन्। बाजागाजा र स्थानीय महिला गीत गाएर जन्तीलाई स्वागत गरिरहेको स्थानीय मिथिलेस झाले जानकारी दिए।

हात्ती र ऊँट लिएर पनि जन्ती आउँदै छन्। हात्ती र ऊँट पछाडि परेको र सोमबार अबेरसम्म आइपुग्ने बताइएको छ। जन्तीलाई स्वागत गर्न जनकपुरका विभिन्न मन्दिरका साधुसन्त र नेताहरु समेत नगराइन पुगेका छन्। नगराइन पुग्न सीमा क्षेत्र जटही कटेर नेपाल भित्रिनु पर्दछ।

महोत्सवको मुख्य दिन विशेष सुरक्षा योजना

रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य दिन मंसीर २६ गतेका लागि विशेष सुरक्षा योजना तयार गरिएको छ।

मित्र राष्ट्र भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने कार्यक्रम रहेको हुँदा सुरक्षा निकायले विशेष सुरक्षा बन्दोबस्त गरेको बताइएको छ।

आगामी बुधबार हुने राम–जानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको छ। सेनालाई ‘स्ट्यान्डबाई’ राखिने भएको छ। दर्शनार्थीको भीडमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि जिल्ला सुरक्षा समितिले गरेको छ।

समितिको आइतबार बसेको बैठकले जानकी मन्दिर र रंगभूमि मैदानमा प्रवेश गर्ने सबैलाई ‘मेटल डिटेक्टर गेट’बाट मात्र पठाउने निर्णय गरेको थियो। आदित्यनाथ जानकी मन्दिर र रंगभूमि मैदान पुग्दा भीड व्यवस्थापन प्रमुख चुनौती हुने आँकलनसहित सुरक्षा विशेष सुरक्षा व्यवस्था गर्न लागिएको समितिले जनाएको छ।

आदित्यनाथ उत्तर प्रदेशबाट विशेष विमानमा सिधै जनकपुर आउने छन्। उनी दिनभर तीनवटा कार्यक्रममा सहभागी हुने बताइएको छ।

धनुषाका प्रमुद जिल्ला अधिकारी प्रदीपराज कँडेलले विमानस्थल, जानकी मन्दिर, रंगभूमि मैदान र प्रदेश सरकारको सचिवालय रहेको मधेस भवनका लागि फरक–फरक सुरक्षा बन्दोबस्त मिलाइएको बताए।

त्यसैगरी राम–जानकी विवाह महोत्सवमा नेपाल प्रहरीले ड्रोनबाट भीडको निगरानी गर्ने समेत भएको छ। मुख्य प्रवेशद्वारमा ‘वाक थ्रो गेट’ बाट पनि भीडको निगरानी गरिने प्रदेश २ का प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए। 

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुरक्षा समितिले मंसिर २५ गते रातिदेखि २६ गतेसम्म जनकपुरमा सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय समेत गरिएको छ।

प्रदेश सरकारको तर्फबाट भव्य दिवाभोज

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सम्मानमा प्रदेश २ सरकारले भव्य भण्डारा(दिवाभोज)का लागि तयारी गरिरहेको छ।

जनकपुर चुरोट कारखानामा रहेको प्रदेश सरकारको सचिवालयको फुटबल मैदानमा भण्डाराका लागि भव्य पन्डाल र स्टेजको निर्माण भइरहेको छ। धार्मिक झल्को दिने केसरिया र रातो रंगको कपडा प्रयोग गरी पन्डाल निर्माण गरिँदैछ।

आदित्यनाथ उक्त भण्डारामा पनि सहभागी हुनेछन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले भण्डाराको तयारी अन्तिम चरणमा पुगेको बताए। उनले भण्डारामा करिब १ हजार ५ सय व्यक्तिको सहभागिता रहने जानकारी दिए।

सीताको माइती जनकपुर र उत्तर प्रदेशको अयोध्या रामको घर हो। यी दुवै सहरबीच पौराणिक समयदेखि नै धार्मिक र पारिवारिक सम्बन्ध कायम रहेको जनविश्वास छ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महराको थुनछेक बहस आज हुँदै
विपिन जोशीको शव हस्तान्तरण
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
महराको थुनछेक बहस आज हुँदै मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्