काठमाडौं– ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ घुस दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा एक स्कुटर चालकले प्रहरीलाई एक हजार रुपैयाँ घुस दिए। बा८७प ४३३७ नम्बर स्कुटरको चालक रामेछाप, सुनापती गाउँपालिका–४ घर भई काठमाडौं, गोठाटार बस्ने वर्ष ३९ को राजु घिसिङले ट्राफिकलाई १ हजार रुपैयाँ घुस दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ।
पछिल्लो समय ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालकहरुलाई प्रहरीले धमाधम पक्राउ गरी कारबाही गर्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।