काठमाडौं– सूर्यविनायक नगरपालिका-८, जगाती बस्ने सिन्धुली कपिलाकोट गाउँपालिका-६ की १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्।
बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली, मरिण गाउँपालिका–४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
थिङले आफ्नै कोठामा ल्याएर बालिकालाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।