• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सिक्लेसमा पेरिसडाँडाको झल्को

64x64
नेपाल लाइभ सोमबार, मंसिर २४, २०७५  १३:५२
1140x725

कास्की– काठमाडौंको पेरिसडाँडा र कास्कीको सिक्लेस दुई फरक ठाउँ हुन्। एउटा सहर, अर्को गाउँ। 

तर, यी दुवैबीच केही समानता छन्। दुवै तत्कालीन माओवादीका लागि महत्वपूर्ण ठाउँ हुन्।

सरकारसँग वार्ता गर्न पहिलो पटक २०६३ असार २ गते माओवादी खुल्ला रुपमा सार्वजनिक भएको ठाउँ हो, सिक्लेस। मंसिर ५ को शान्ति प्रक्रियामा जाने वार्ता सफल भएपछि पहिलो पटक पार्टी मुख्यालय बन्यो, पेरिसडाँडा।

पेरिसडाँडामा युद्धमा मारिएका, घाइते भएका र बेपत्ता रहेका नागरिकका सम्झनामा एउटा ठूलो ढुंगाको मूर्ति बनाइएको छ। जुन साढे १० फिट अग्लो छ। उक्त मूर्तिका कालिगड हुन्, सुनसरीका नारद हार्तम्छाली कलाङ। विभिन्न रुपमा अर्थ्याउन सकिने त्यो मूर्तिका डिजाइनर कलाङले सिक्लेसमा जनयुद्धपछिको शान्ति वार्ता झल्कने मूर्ति कुँदेका छन्। तत्कालीन माओवादी र सरकारपक्षबीच शान्ति सम्झौता भएको १२ वर्ष भएको अवसरमा उक्त मूर्तिको आज अनावरण हुँदैछ।

मादी गाउँपालिकाको १० लाख लगानीमा बनेको उक्त मूर्तिलाई शान्ति स्तम्भ नाम दिइएको छ। 

उक्त शान्ति स्तम्भको आज तत्कालीन नेकपा माओवादी अध्यक्ष तथा हाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्ने कार्यक्रम छ।

उक्त स्तम्भ बनाउन जनसमुदायबाट १० प्रतिशत थप सहयोग छ। मादी ६, तप्राङले सौजन्य गरेको मूर्ति बनाउने ढुंगा खोज्न भने लामो समय लागेको मूर्तिकार कलाङ बताउँछन्। 

चार औंला छोडेर बूढीऔंलालाई परेवाको आकृति दिइएको छ। ‘राखेको चाहिँ शान्ति सम्झौता हुँदा दाहिने र देब्रे हातको सम्झौता भएको हो। त्यही कुरा नै देखाइएको हो। को-को मिलेभन्दा दुई शक्ति मिले। तब शान्ति आएकाले बूढीऔंलालाई परेवाको रुप दिएको हुँ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

‘धेरै ठाउँमा खोज्यौं। यो नेपाली मार्वलको ढुंगा हो त्यसैले पनि खोज्न गाह्रो भयो,’ उनी भन्छन्, ‘मैले काम गरेका ढुंगामध्ये पेरिसडाँडा पछिको राम्रो यही हो।’

मूर्तिकला नै पढेका कलाङ आफूलाई युद्धबारे धेरथोर जानकारी भएकै कारण जनयुद्धसम्बन्धी मूर्ति बनाउन सकेको बताउँछन्। पेरिसडाँडाको उनको मूर्ति सबैले मन पराएपछि नै उनलाई सिक्लेसको मूर्ति बनाउने प्रस्ताव आएको हो। 

‘पहिले त शान्ति, मेलमिलाप झल्कने सामान्य परेवाको मूर्ति बनाउने भनेर भनेका थिए। तर यस्तो ऐतिहासिक ठाउँमा त्यस्तो नसुहाउने भएपछि नयाँ डिजाइन निकालेको हुँ,’ उनले मूर्तिको पृष्ठभूमिबारे सुनाए।

हेर्दा सामान्य लागे पनि मूर्तिलाई धेरै तरिकाबाट अर्थ्याउन सकिने कलाङको दाबी छ। तर मूर्तिले कम्तीमा ६ वटा नवीन बिम्ब दिने उनी सुनाउँछन्। भन्छन्, ‘टाढाबाट हेर्दा मन्दिर जस्तो पनि देखिन्छ, नमस्ते गरेको जस्तो पनि देखिन्छ। कलश राखेको जस्तो पनि देखिन्छ। तर यसमा विभिन्न संकेत र बिम्ब प्रयोग गरेको छु।’ 

मूर्तिमा मुख्य तीन पाटा छन्। ती पाटालाई कालिगड कलाङले फरकफरक रुपमा अर्थ्याए। ‘यी तीन पाटालाई राजनीतिक हिसाबले हेर्दा तीन शक्ति हो। यथास्थितिवादी, संक्रमणकालीन र क्रान्तिकारी शक्ति। यी तीनै शक्ति वार्तामा सामेल भएको देखिन्छ। समयका आधारमा हेर्दा भूत, वर्तमान र भविष्य (त्रिकाल) गरी तीन काल रुपमा पनि अर्थ्याउन सकिन्छ,’ भन्छन्, ‘दार्शनिक हिसाबले हेर्ने हो भने वाद, प्रतिवाद र संवाद हुन्।’

मूर्तिलाई सरल रुपम हेर्दा दुई व्यक्तिबीच दाँयाबाँया हातले हात मिलाएको देखिन्छ। चार औंला छोडेर बूढीऔंलालाई परेवाको आकृति दिइएको छ। ‘राखेको चाहिँ शान्ति सम्झौता हुँदा दाहिने र देब्रे हातको सम्झौता भएको हो। त्यही कुरा नै देखाइएको हो। को-को मिलेभन्दा दुई शक्ति मिले। तब शान्ति आएकाले बूढीऔंलालाई परेवाको रुप दिएको हुँ।’ 

मूर्तिको सबैभन्दा माथि दियोको आकार दिइएको छ। मूर्तिकारका अनुसार दियोका तीनै कुनामा ताराको स्वरुप हुनेछ। एउटा बत्तीले तीन कुनामा फरक रङमा बत्ती बल्नेछ। एउटा कुनाबाट रातो, अर्को कुनाबाट पहेँलो र निलो। ‘यो भनेको उज्यालो, जुन शान्तिको प्रतीक हो। तीनथरी राख्नुको कारणचाहिँ दुई पक्षबीचको वार्तामा अर्को पक्ष पनि मध्यस्थकर्ता थियो भन्ने देखाउने भन्ने हो।’ 

‘मूर्ति कस्तो बनाउने भन्नेबारे डिजाइन निकाल्नै मलाई एक महिना लाग्यो। त्यसबेला करिब १०/१५ वटा डिजाइन बनाउँदै फाल्दै गरेँ।’

मूर्तिमा तलमाथि, उत्तरदक्षिण, पूर्वपश्चिम गरेर षटकोणीय बिम्ब राखेको उनले जनाए। 

स्तम्भ राखिएको ठाउँमा सानो पोखरी बनाइएको छ। मूर्तिकार कलाङ पोखरीको पानी सामान्य नहुने दाबी गर्छन्। ‘दियोमा जुन बत्ती बल्छ। त्यही पानीमा पर्छ। पानीमा तीन रङ पर्ने भएकाले ती बिम्ब भनेका रगत, आँसु र क्रान्तिको हो,’ भन्छन्, ‘पानीमा बगरका विभिन्न ढुंगा हुन्छन्। ती ढुंगाले जनयुद्दमा मरेका १७ हजार मान्छेको प्रतिनिधित्व गर्नेछन्।’ 

सम्पूर्ण पानीलाई जनताको पीडाको रुपमा लिइने उनले बताए।

स्तम्भलाई पानी र आगोको रुपमा पनि हेरिएको उनले सुनाए। भन्छन्, ‘मान्छेको जीवनलाई नै पानी र आगोको समायोजनका रुपमा हेरिन्छ। मूर्तिलाई पनि त्यही हिसाबले लिएका छौं।’ उनले आफ्नो शैलीका रुपमा भने त्रिकोणात्मक मूर्तिलाई स्थापित गराउन चाहेको सुनाए। 

‘मूर्ति कस्तो बनाउने भन्नेबारे डिजाइन निकाल्नै मलाई एक महिना लाग्यो। त्यसबेला करिब १०/१५ वटा डिजाइन बनाउँदै फाल्दै गरेँ,’ कालिगड कलाङ दाबी गर्छन्, ‘लोक आधुनिक शैली प्रयोग गरेकाले अन्य ठाउँमा यस्तो खालको मूर्ति पाउनुहुन्न।’ मूर्ति बनिरहेको सो ढुंगा पहिले आयाताकार आकारमा करिब ५ टन थियो। तर अहिले त्रिकोणमा ल्याउँदा अढाई टनमा आएको छ।

ढुंगा भदौको तेस्रो सातामा खोजेर खोल्न थालिएको हो। ‘पहिले मादीको तीरैतीर पनि खोज्यौं तर भेटिएन। पछि तप्राङमा भेटेर सामान्य आकार उतै बनाएर ल्याएका हौं,’ कलाङले भने।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्