काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४ सय ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।
परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय कमल तामाङलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा कालो रङको झोलाभित्र खैरो रङको कार्टुनभित्र लुकाएर ल्याएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका तामाङमाथि थप अनुुसन्धान भइरहेको परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।