• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

देवकोटाले लसुनप्याज हालेको तरकारी खाएपछि भने– 'मिठो पो हुँदो रहेछ'

64x64
किशोर दहाल बिहीबार, कात्तिक २, २०७४  १७:५९
1140x725

काठमाडौं- कूटनीतिज्ञ जयराज आचार्य र बिपी कोइरालाको सम्बन्धबारे मलाई उति जानकारी थिएन। जम्माजम्मी एउटा कुरा थाहा पाएको थिएँ– आचार्यले बिपीको अन्तर्वार्ता लिएका थिए।

न्युन जानकारीको साथ आचार्यका घरमा पुग्दासम्म मलाई उनीबाट के कुरा खोज्ने होला भन्ने विषयले तनाव दिइरहेको थियो। कुराकानी गरिरहेका मानिस खुला रुपमा प्रस्तुत भएनन् भने बडो सकस हुन्छ। त्यसमाथि आफूसँग त्यस विषयबारे जिज्ञासा पैदा गराउने तहको ज्ञान भएन भने झन् बढी अप्ठ्यारो बेहोर्नुपर्ने हुन्छ।

त्यसमाथि ५ बजे घरमै आइपुग्छु भनेर वाचा गरेको थिएँ। आफूलाई हतार भएर के गर्नु, काठमाडौंको जामलाई हतार हुँदैन। यसो पनि भन्न सकिएला कि, जुन बेला मानिसहरुलाई हतार हुन्छ, त्यही दिन सडकमा पनि जाम हुन्छ।
  
आचार्यको घर पुग्दा झन्डै २० मिनेट बढी बितिसकेको थियो।
 
आचार्यको घर छेउछाउ पुगेर फोन गर्दा, उनले बोलेको पहिलो ‘हेलो’ले नै उनको सहजता र खुलापनको आभास दिइहाल्यो। 

मैले खास केही नसोध्दै बिपीको आनीबानीबारे आचार्यले कुरा सुरु गर्न थालिहाले। उनले देखेका र संगत गरेका बिपीबारेको सामग्री नेपाल लाइभमा बिपीको जन्मजयन्तीको दिन नै विस्तृतमा प्रकाशित भइसकेको छ।

कुराकानीको मध्यतिर अचानक लक्ष्मीप्रसाद देवकोटाको प्रसंगमा हामी प्रवेश गरेका थियौं। सुरुमा आचार्यले बिपीले देवकोटाबारे पढेको कुनै पुरानो पत्रिकाको सामग्रीबारे सम्झिएका थिए। 

‘बिपीले देवकोटालाई निकै आदर गर्नुहुँदो रहेछ,’ आचार्यले कुरा सुरु गरे, ‘दुवै साहित्यिक व्यक्तित्व भएकाले पनि त्यस्तो भएको हुन सक्छ।’

दुखद संयोग मान्नुपर्छ, बिपी प्रधानमन्त्री भएकै बेला लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको थियो। टुँडिखेलमा शोकसभा भयो। त्यहाँ बिपीले भनेका कुरा आचार्यले दोहोर्याए, ‘लक्ष्मीप्रसाद देवकोटाले नेपाली समाजको जुन परिकल्पना गर्नुभएको थियो। उहाँले परिकल्पना गरेको समाजलाई हामीले यथार्थमा परिणत गर्न सक्यौं भने देवकोटा प्रति सच्चा श्रद्धान्जली हुनेछ।’

बिपीसँग संगत बढ्न थालेपछि आचार्यलाई देवकोटाका सन्तानहरुबारे सोधेका रहेछन्। आचार्यलाई बिपीले भनेका रहेछन्, ‘म प्रधानमन्त्री हुँदा उहाँका छोराहरुलाई सेन्ट जेभियर्स स्कुलमा सरकारले शुल्क तिरेर पढाउने भनेर व्यवस्था गरेको थियो। मलाई उनका छोरा भेटाइदेऊ।’
 
देवकोटाका छोरा पद्मप्रसाद देवकोटा आचार्यका सहपाठी थिए। एमए अंग्रेजी सँगै पढेका थिए उनीहरुले। त्यसपछि उनी देवकोटाको घर गए। आचार्य र पद्म आआफ्नो साइकल चढेर बिपी बस्ने घरतिर लागे।
 
बिपी र पद्मबीच कुराकानी भयो। बिपीले देवकोटासँग सम्बन्धित केही प्रसंग पद्मलाई सुनाए। सँगै बसेर त्यो वार्तालाप सुनेका आचार्यले साढे तीन दशकपछि हामीलाई उनकै घरमा सुनाइरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘सम्भवतः सन् १९२८ तिरको कुरा हुनुपर्छ। हामी न्युरोडतिर बस्थ्यौं। म बनारस पढ्थेँ, देवकोटा पटनामा बिएल पढ्थे। एकपटक भारत जाने बेला सँगै पर्यौं। जाँदै गर्दा थानकोटतिर देवकोटा भेटिएका थिए,'  बिपीले पद्मलाई भनेका कुरा आचार्यले सुनाए।

बाटोमा बिपी र देवकोटाबीच वर्डस्थवर्थको कविता ‘सोलिटरी रिपर’ बारे छलफल भयो। कविता गहुँ काट्ने बेलायती कृषककी छोरीलाई पात्र बनाएर लेखिएको छ।
 
‘हामी चित्लाङ पुग्यौं। त्यहाँ घाँस काटिरहेकी एउटी युवतीलाई देखाएर देवकोटाले भन्नुभयो– वर्डस्वर्थले कविता लेखेको यस्तै केटीको बारेमा हो,' बिपीका कुरा आचार्यले सम्झिए।
 
‘बिपीलाई अचम्म लागेछ। उहाँले सोच्नुभयो, कविता त यथार्थमै आधारित भएर पनि लेखिने रहेछ। मैले जुन कविता पढेको थिएँ, त्यो जीवनको वास्तविकतासँग मेल खाएको महसुस भयो।’

यतिबेला हामीले कुराकानी गर्न थालेको झन्डै चालीस मिनेट नाघिसकेको थियो। आचार्य खुल्दै गइरहेका थिए। म थप जिज्ञासु भइरहेको थिएँ। मेरो जिज्ञासामा थप कौतुहलता थप्दै आचार्यले एउटा वाक्य बोले– बिपीले देवकोटा बारे सुनाएका अर्को एउटा कुरा तपाईंलाई सुनाउँछु, जुन आजसम्म मैले कसैलाई सुनाएको छैन, कतै लेखेको पनि छैन।

‘देवकोटाजी काठमाडौंको कट्टर ब्राह्मण परिवारमा जन्मेहुर्केका मानिस हुनुहुन्थ्यो। धोती फेरेर भात खाने, बाहुनले पकाएको मात्रै खाने। हामीचाहिँ भारततिर बसेको अलि खुला मानिस थियौं। जसले पकाएको पनि खाने, धोती नफेरीकन पनि खान्थ्यौँ। तर, देवकोटा त लसुन, प्याज पनि खानुहुन्न रहेछ,’ बिपीको भावसमेत सकेसम्म तान्न खोज्दै बिपी अवतारमै आचार्य बोल्दै थिए। 

बाटोमा बिपीको भान्छेले लसुनप्याज हालेरै तरकारी पकाए। उनले देवकोटालाई पनि त्यही तरकारी दिए।
 
‘हामीले लुगा नफेरी खायौं, देवकोटाले पनि लुगा नफेरी खानुभयो,' आचार्यले बिपीका वाक्य सम्झिए, ‘लसुन प्याज हालेर पकाएको तरकारी खाएपछि देवकोटाले भन्नुभयो– यो त मिठो पो हुँदो रहेछ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्