एजेन्सी- इंग्लिस प्रिमियर लिगमा लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले शनिबार राति भएको खेलमा वर्नमाउथलाई ४-० गोलले पराजित गर्दै शीर्ष स्थान कब्जा गरेको हो।
लिभरपुलको जितमा मोहमद सलाहले ह्याट्रिक गरे। उनले खेलको २५, ४८ र ७७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। खेलको ६८ मिनेटमा वर्नमाउथका कुकले आफ्ने पोस्टमा गोल गर्दा लिभरपुललाई फाइदा पुगेको थियो।
म्यानचेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। लिभरपुल १६ खेलबा६ ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको सिटीको ४१ अंक छ।
यता लेस्टर सिटीमाथि २-० को जित निकालेको टोटनह्याम अंक तालिकाको तेस्रो स्थानमा छ। टोटनह्यामको ३६ अंक छ। चौथो स्थानको चेल्सीको ३४ अंक छ। पाँचौ स्थानको आर्सनलले पनि हडल्सफिल्डलाई १-० लाई हराउदै ३४ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।