एजेन्सी- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रा समाप्त भएको छ। सिटीलाई शनिबार राति भएको खेलमा चेल्सीले २-० गोलले पराजित गरेको हो। प्रिमियर लिगको जारी सिजनमा सिटीको पहिलो हार हो।
चेल्सीले दुवै हाफमा १-१ गोल गरेको थियो। खेलको ४५ मिनेटमा एनगोलो कान्टेले गोल गरेर चेल्सीलाई अग्रता दिलाए। ७८ मिनेटमा डेभिड लुइसले चेल्सीका लागि दोस्रो गोल गरेका थिए।
हारसँगै म्यानचेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। लिभरपुल १६ खेलबा६ ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको सिटीको ४१ अंक छ।
यता लेस्टर सिटीमाथि २-० को जित निकालेको टोटनह्याम अंक तालिकाको तेस्रो स्थानमा छ। टोटनह्यामको ३६ अंक छ। चौथो स्थानको चेल्सीको ३४ अंक छ। पाँचौ स्थानको आर्सनलले पनि हडल्सफिल्डलाई १-० लाई हराउदै ३४ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।