काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत संकटा क्लबले न्युरोड टिम (एनआरटी) माथि सनसनीपूर्ण जित हात पारेको छ।
शनिबार एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एनआरटीलाई १–० गोलले पराजित गरेको हो। संकटाको जितमा एलेन म्याक्सवेलले दोस्रो हाफमा ४ मिनेट थपिएको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे।
यता दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरीमा रोक्यो।
खेलको ३१ मिनेटमा तेज तामाङले उपलब्ध गराएको पासमा भरत साहले गरे। ७० मिनेटमा शेर्पाले बराबरी गोल फर्काउन सफल भयो। प्राप्त फ्रिकिकमा रवि मगरले विश्वास श्रेष्ठ उत्कृष्ट गोल गरे।
जितपछि संकटाले ७ खेलबाट १८ अंक जोडेको छ। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि १८ अंक नै छ।
त्यस्तै बराबरी खेलेका पुलिसको र शेर्पमाको ७–७ खेलबाट ११–११ अंक छ। पुलिस पाँचौ र शेर्पा छैटौं स्थानमा छन्।
अंक तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।