जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारीले गरेको तालाबन्दी फुकुवा भएको छ। तह मिलानमा कन्ज्युस्याइँ गरेको भन्दै अस्पतालका आकस्मिक सेवा बाहेकका सवै सेवा ठप्प गरिएको थियो। यसै आर्थिक वर्षभित्र तह मिलानको काम टुंग्याउने प्रतिष्ठान पदाधिकारीको वाचा पछि ताला खुलाएका छन्।
असोज २९ गतेदेखि तह मिलानको माग गर्दै कर्मचारीले अस्पतालमा ताला लगाएका थिए। कर्मचारी पदाधिकारी विचको निरन्तर फोन र प्रत्यक्ष वार्तावाट माग सम्वोधन गर्ने सहमति भएपछि ताला खुलेको आन्दोलनरत कर्मचारीले वताएका छन् । प्रतिष्ठानका कर्मचारीको सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०६९ संशोधन गर्नका लागि १० दिन भित्र कार्यकारी परिषद्ले उच्चस्तरीय समिति गठन गरी तह मिलान गर्ने सहमति भएको कर्मचारीहरुले बताएका छन्।
तहमिलानको लागि सहमति भएसँगै अस्पतालका सवै सेवा र प्रशासन फाँट खुलेको हो । तह मिलानको प्रतिवद्धतालाई विचैमा लत्याएको खण्डमा फेरि कडा आन्दोलन गर्ने चेतावनी दिइएका छन्। कर्मचारीको तालाबन्दीका कारण अस्पतालको सेवा प्रभावित बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।