एजेन्सी– 'इटालियन सिरि ए' को शीर्ष स्थानको युभेन्ट्सले अपराजित यात्रा जारी नै राखेको छ। युभेन्ट्सले शुक्रबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गर्दै अग्रता बढाउदै लागेको छ।
युभेन्ट्सलाई महत्वपूर्ण जित दिलाउने क्रममा क्रोएसियन स्ट्राइकर मारियो मान्जुकिक नायक बने। उनले खेलको ६६ मिनेटमा हेडमार्फत गरेको गोल युभेन्ट्सलाई ३ अंक जोड्न महत्वपूर्ण बन्यो। मान्जुकिकले जाओ क्यान्सेलोले दिसको क्रसमा बललाई जाली चुमाएका थिए।
लिगमा अपराजित युभेन्ट्सले १५ खेलबाट ४३ अंक जोडेको छ। जारी सिजनमा उसले खेलेका १४ खेलमा जित निकाल्दा १ खेलमा मात्र बराबरीमा रोकिएको छ। दोस्रो स्थानको नापोलीको १४ खेलबाट ३२ अंक छ भने तेस्रो स्थानमा रहेको इन्टर मिलानको १५ खेबलाट २९ अंक छ।
यसअघि सात पटक लगातार सिरि एको उपाधि जितिसकेको युभेन्ट्सले युरोपका ५ उत्कृष्ट लिगमा फ्रेन्च लिडर पिएसजी जतिकै अंक जोड्न सफल भएको छ। पिएसजीले पनि १५ खेलबाट ४३ अंक नै जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।