राजविराज– सप्तरीमा जारी प्रदेशस्तरीय ‘१९औं हिरो कप’ फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा लहानलाई २–१ गोलअन्तरले हराउँदै सर्लाही –११ फाइनलमा प्रवेश गरेको छ।
खेलको पहिलो हाफमा सर्लाहीले लहानविरुद्ध लगातार दुई गोल गर्यो। १०आैं र २९आैं मिनेटमा सर्लाहीका भरत चौधरीले १/१ गोल गरे।
दोश्रो हाफको २५औं मिनेटमा लहानका सिद्धात हमाल ठकुरीले एक गोल फर्काए। तर, थप गोल गर्न नसकेपछि २–१ को अन्तरले लहान पराजित भयो।
लहानविरुद्ध जित हात पारेसँगै सर्लाही फाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ। आइतबार महोतरी ११ र पर्सा ११बीच दोश्रो सेमीफाइनल खेल हुने आयोजक हिरोज स्पोर्टिङ क्लब बरमझियाका अध्यक्ष विजय चौधरीले जानकारी दिए।
सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बरमझिायामा मंसिर १७ देखि जारी प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाले सहभागिता जनाएका छन्।
प्रतियोगिताको फाइनल खेल मंसिर २८ गते हुनेछ।
विजेता टिमले हिरो कपसहित १ लाख नगद र उपविजेता टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।