काठमाडौं– दुई जनाको हत्या गरी फरार रहेका बाराको कलैया उपमहानगरपालिका– १२ सितलपुरका राजकिशोर गिरी पक्राउ परेका छन्।
उनले २०७३ पुस १० गते भारतको मोतिहारी, राजलक्ष्मीपुर पोखरिया– ४ का अरुण राम र दिपक रामको घाँटी रेटी हत्या गरेका थिए। बारा, करैयास्थित सहजनाथ सामुदायिक वनमा डोरीले हातखुट्टा बाँधेर हत्या गरी फरार रहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनलाई बारा महागढीमाई– १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।