काठमाडौं– सुकेधारामा रहेको रिफर्मेसन नेपाल नामक रिहाब सेन्टरबाट गएराति २१ जनाको उद्धार गरिएको छ।
रिहाब सेन्टरमा रहेका व्यक्तिहरुलाई शारीरिक तथा मानिसक यातना दिएको पाइएपछि उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
रिहाबमा रहेकाहरुलाई कुटपिट गर्ने, यातना दिने, खान–बस्न समेत राम्रोसँग नदिने गरेको पाइएको डिएसपी बोगटीले बताए। यसबारेमा थप विवरण पत्रकार सम्मेलन गरी आजै जानकारी दिइने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।