काठमाडौं– ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिका बलत्कृत भएकी छिन्। बालिका बलत्कारको आरोपमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्वयले बालिकालाई पशुपति घुम्न जाँउ भनी काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर बलत्कार गरी फरार भएको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त सातदोबाटोको प्रहरी टोलीले अभियुक्त दुवै जनालाई पक्राउ गरेको हो।
उनीहरु दुवैजनालाई अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज काठमाडौं पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।