काठमाडौं– सशस्त्र प्रहरी बल पर्सा र प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले डेढ किलो चरेससहित ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
बुधबार साँझ पौन ६ बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सारमा चेक गर्ने बेला भारतको रक्सौलतर्फ साइकलमार्फत जाँदै गरेका भारत बिहार जिल्ला पटना कंकरबाग थाना मिहापुर बस्ने ६० वर्षीय बिपिनकुमार कुर्मीलाई डेढ किलो चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कुर्मीको कम्मरको भागमा कपडामा पोका पारी लुकाएर बोकेको अवस्थामा डेढ किलो चरेस बरामद गरेको हो। पक्राउ कुर्मीमाथि लागू औषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।