• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक हिम्मतिला नेपाली, जसले काबुल बम आक्रमणमा यसरी बचाए ज्यान [भिडियो]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २०, २०७५  १५:३१
1140x725

काठमाडौं– गत बुधबार अफगानिस्तानको काबुलमा १० जनाको ज्यान जानेगरी बम विस्फोट तथा गोलाबारी भयो। आक्रमणमा ११ नेपाली घाइते भए। विद्रोही तालिवान समूहले गरेको आक्रमणमा घाइते ११ नेपालीमध्ये ८ जनाको अवस्था गम्भीर छ। ३ जना सामान्य उपचारपछि काममा फर्किइसकेका छन्।

शक्तिशाली विस्फोट र त्यसपछि भएको ८ घन्टा लामो भिडन्तबाट जोगिन सफल २ जनालाई थप उपचारका लागि नेपालकै नर्भिक अस्पताल ल्याइपुर्‍याइएको छ।

झापा दमकका तेजप्रसाद आचार्य तिनैमध्येका एक हुन्, जसले छेउबाटै गुज्रेको मृत्युलाई छल्न सफल भए।

बेलायती सुरक्षा सम्बन्धी कम्पनी ‘जिफोरएस’ अन्तर्गत अफगानिस्तानमा सेक्युरिटी अफिसरका रुपमा कार्यरत उनी नर्भिक अस्पतालको बेडबाट जीवनको त्यो कहालीलाग्दो क्षण सम्झिरहन्छन्। तर, त्यसले उनलाई जीवन जिउने हकमा कत्ति पनि विचलित बनाएको छैन।

उनी निर्धक्कसँग भन्छन्, 'हिम्मतले बचायो।'

यदि उनी बम विस्फोटपछि छातीमा भएको असह्य पीडामा रन्थनिएर बस्दा हुन् त जे पनि हुन सक्थ्यो। त्यो समय उनी छातीमा अँठ्याउन आइपुगेको कालसँग जुध्न कस्सिए। आँटका साथ अघि बढे। जसको परिणाम आज उनी निको हुने क्रममा छन्। उक्त घटनामा परेर उनको छाती, ढाड र अनुहारमा चोट लागेको छ। अहिले त्यसैको उपचार गराइरहेका छन्। 

घटना हुँदै गर्दा आचार्य के गर्दै थिए त?

साँझ करिब ६ बजे। आचार्य खाना खाने तयारीमा थिए। लगत्तै ड्युटी थियो। उनी कार्यरत क्याम्पबाट ड्युटी गर्ने अफिस १० किलोमिटर टाढा पर्छ। अफिस जाँदा समूहगत रुपमै जाने व्यवस्था थियो। 'साथी तयार भइसक्यो होला, सँगै खाना खानुपर्छ भनेर साथीको कोठातिर लागेँ,' घटनाअघिको क्षणलाई उनी सम्झन्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

साथीको कोठामा पुगेका मात्रै के थिए, ठूलो आवाज आयो। पूरै जमिन हल्लियो।

छातीमा असह्य पीडाको महसुस गरे उनले। घोप्टो परेर बसे। बोल्न, चिच्याउन र सहयोग माग्न चाहन्थे। तर, आवाज निस्किएन। केही बेरमा उनलाई लाग्यो– विद्रोहीले आक्रमण गरेको हुन सक्छ।

तत्कालीन समय क्याम्प वरिपरि के भइरहेको छ भन्नेभन्दा उनलाई छातीको पीडाबोध बढी थियो। सुरुमा ज्यान जोगाउनुपर्छ भन्ने लागेपछि बंकरतिर भाग्ने सोच बनाए। तर, गहिरो पीडाका कारण शरीर डेग चल्न मानेन। आचार्यले हिम्मत हारेनन्। एक हातले छाती च्यापेर बंकरसम्म घिस्रिँदै पुगे।

उनी पुग्दा बंकरभित्र पस्नेको भिड थियो। बमको धमाकापछि दोहोरो भिडन्त भइरहेकोे कर्कश ध्वनि लगातार आइरहेको थियो। 

‘ज्यान बचाउन अधिकांशले सिँढी झर्नेभन्दा पनि सिधै चिप्लिएर जाने छोटो बाटो रोजिरहेका थिए,’ उनले सुनाए, ‘मैले पनि त्यसै गरेँ।’

छातीको चोटले असह्य पीडामा रहेका उनलाई खासमा आफूलाई के भइरहेकोे भन्नेसम्म हेक्का थिएन। त्यसमाथि बंकरमा झर्दा उनको नराम्रोसँग ढाड बज्रिन पुग्यो। पीडामाथि झन् पीडा थपियो। यद्यपि ढाडको पीडा कम मात्रै महसुस गरेको बताउँछन् उनी, जति छाती दुखेको थियो।

रातको २ बजेसम्म भिडन्त जारी रह्यो। यता आचार्यको छातीको पीडाको ग्राफ पनि उकालो लागिरहेको थियो। झन्डै ८ घन्टा उनी छातीको पीडा बोकेर छटपटाइरहे। जब विद्रोही भिड्न नसकेर भागे, त्यसपछि मात्रै घाइतेको उद्धार गर्ने टोली आयो। उनलाई आर्मीहरुकै उपचार केन्द्रमा लगियो र तत्कालै उपचार सुरु गरियो।

आचार्यलाई उद्धार गर्ने ब्रिटिस आर्मीले घरमा खबर गरे/नगरेको बारे सोधे। उनले खबर नभएको बताएपछि ब्रिटिस आर्मीमै कार्यरत एक नेपालीलाई बोलाएर आचार्यको परिवारसँग सम्पर्क गराउने काम भयो।

उनले श्रीमतीलाई फोनमा भने, ‘ठूलो बम विस्फोट भयो। म बाँचे, तर उपचारमा छु।’

घरमा कुरा हुँदा नेपालमा बिहानको ५ बज्नै लागेको थियो। मस्त निद्राबाट ब्युँझिएर फोन उठाउँदा श्रीमतीले दुःखको खबर सुनिन्, श्रीमान् घाइते भएको। तर, आचार्यले मृत्युलाई छलेर बाँच्न सफल भएको ‘खुसी’ सुनाउन श्रीमतीलाई फोन गरेका थिए। आचार्यले पहिलोपल्ट महसुस गरे, ‘खुसी त केही पाउनुमा मात्रै होइन, केही नगुमाउनुमा पनि हुँदो रहेछ।’

२०६४ सालमा नेपाल आर्मीको सुवेदारबाट रिटायर्ड उनी साढे ७ वर्षअघि अफगानिस्तान पुगेका हुन्। तर, यस्तो घटना भने उनले जीवनमै पहिलोपल्ट बेहोरेको बताए।

द्वन्द्वकालमा रुकुम र रोल्पासमेत बसेका उनी केही ठाउँमा दोहोरो फाइरिङमा पनि परे। केही साथी घाइते भएको उनी आफैंले देखे पनि। ‘तर आफैंमाथि भने यस्तो पीडा परेको थिएन,’ भन्छन्, ‘परिआउँदा कसरी ज्यान जोगाउनुपर्छ भन्ने थाहा थियो। त्यही उपाय लगाइयो।’

आचार्यको ४ दिनसम्म सोही अस्पतालमा उपचार भयो। प्रारम्भिक रिपोर्टका अनुसार बमको आवाजले उनको छातीको हड्डी चर्केको चिकित्सकहरुले बताएका थिए।

केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले आचार्यसहित २ जनालाई एयर एम्बुलेन्सबाट उपचार गर्न नेपाल ल्याइएको जिफोरएसका नेपाल प्रतिनिधि जितबहादुर घर्ती बताउँछन्। उनका अनुसार बाँकी केही घाइते नेपालीको भारतस्थित अपोलो अस्पताल र केहीको अफगानिस्तानमै उपचार भइरहेको छ।

केही समय त्यहाँ उपचार भएपछि लामो समयसम्म अस्पताल रहनुपर्नेलाई नेपालमै ल्याइने जानकारी उनले दिए। घाइतेको उपचारमा कमी हुन नदिन घटना भएदेखि नै उनी सक्रिय छन्। घर्ती भन्छन्, ‘उहाँहरुको राम्रो उपचारका लागि हामी प्रयास गरिरहेका छौं।’

लामो समयदेखि द्वन्द्वग्रस्त अफगानिस्तानमा जिफोरएस अन्तर्गत ४ सयको हाराहारीमा नेपाली कार्यरत छन्। यसैगरी बेलायती सैनिकका रुपमा पनि केही नेपाली त्यहाँ खटिएका छन्। यसबाहेक २० हजारजति नेपाली अफगानिस्तानमा कार्यरत रहेको एक अनौपचारिक तथ्यांक छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्