काठमाडौं- पोल्यान्ड भ्रमणबाट फर्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीको जहाज ल्यान्ड गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले १५ मिनेट सबै उडान तथा अवतरण बन्द गराएको छ।
यसबीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब एक दर्जन जहाजले नेपाली आकाशमा फन्को मारिरहेका छन्। जसका कारण हवाई यात्रुहरु समयमै गन्तव्य पुग्न सक्ने अवस्था छैन।
'राष्ट्रपति आउने जानकारी पाएपछि हामीले १५ मिनेट अन्य जहाज आकाशमै होल्ड गरेका हौं,' विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, 'राष्ट्रपति सवार जहाज ल्यान्ड भइसकेको छ। अब विमानस्थल सामान्य अवस्थामा आउनेछ।'
राष्ट्रपति भण्डारी पोल्यान्डमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औं सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।