काठमाडाैं– नेपाल इन्जिनियर्स एसाेसिएसन (नेइए)को ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ।
इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसाेसिएसनको ३२औं केन्द्रीय कार्यकारिणी निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट सर्वसम्मत प्यानल घोषणा भएको हो।
सो समहूका तर्फबाट अध्यक्षमा प्रधान, उपाध्यक्षमा चण्डिका प्रसाद भट्ट, महासचिवमा अभिमन्यू लाल सिंह, उपमहासचिवमा अशोक कुमार शाह, कोषाध्यक्षमा अपील केसी र सहकोषाध्यक्षमा जानुका थापा रहेका छन्।
त्यस्तै लोकतान्त्रिक समूहका तर्फबाट सदस्यहरूमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्य बहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योति मणि भट्टराई, भेषराम पोख्रेल, उमेश प्रसाद चौधरी, सुर्दशन भण्डारी र दिनेश अर्याल रहेका छन्।
अध्यक्षका उम्मेदवार प्रधानले आफ्नो प्यानल स्पष्ट भिजनसहित चुनावमा आएको बताए। गुणस्तरीय इन्जिनियरिङ शिक्षालाई उच्च प्राथमिकता दिने बताउँदै अध्यक्षका उम्मेदवार प्रधानले भने,‘इन्जिनियरिङ अध्ययन पूरा गरेकाहरूको रोजगारी तथा सेवारतहरुको सेवासुविधा वृद्धि र क्षमता अभिवृद्धिलाई विशेष महत्व दिने छाैँ।
अध्यक्षका प्रत्यासी प्रधान पुल्चोक क्याम्पसका प्राध्यापक हुन्।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत रहेका काठमाडौं इन्जिनियर कलेजका अध्यक्ष हुन्।
एसाेसिएसनको निर्वाचन मंसिर २८ गते हुँदैछ। जसमा देशभरका १७ हजार भन्दा बढी इन्जिनियरले मतदान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।