चितवन– भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको ना५९प २९९८ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि घाइते चौधरीको उपचारका लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।