धनगढी- नयाँ शक्ति पार्टी नेपालका नेता खड्क साउदलाई प्रहरीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका वडा नम्बर ५ को मोहन्याल माध्यामिक विद्यालयको व्यवस्थापन समितिका पदाधिकारी चयनका विषयमा विवाद भएपछि प्रहरीले साउदलाई पक्राउ गरेको हो।
पदाधिकारी चयनका क्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जंगबहादुर विकले आफूलाई दलित भनी दुर्व्यवहार गरेको उजुरी दिएपछि साउदलाई पक्राउ गरिएको हो।
साउद विरुद्ध सामाजिक कसुर अन्तर्गत कारबाही गर्न जिल्ला प्रसाशन कार्यालय कैलालीबाट म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।