काठमाडौं- नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारसँग माग गरेको छ। ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रूपमा लिएको जनाउँदै कांग्रेसले सरकारले अनुसन्धान नगरेको भन्दै आपत्ति व्यक्त गरेको छ।
राजदूत शेर्पालाई तत्कालै परराष्ट्र मन्त्रालय उपस्थित गराई छानबिन गर्न माग गरेको छ।
राजदूतका सहयोगीले सार्वजनिक गरेको विषयलाई गम्भिर रुपमा नलिएको भन्दै दुःख व्यक्त गरेको छ। कांग्रेसद्धारा जारी विज्ञप्तिमा राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने पद भएको सम्झाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।