काठमाडौं– काठमाडौंमा बिजुलीको तारसमेत चोरी हुन थालेको छ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले मध्यराति बिजुलीको तार चोरी गर्ने २ जनालाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ कृष्ण मन्दिरस्थित बालुवाखानीबाट गएराति साढे १ बजे २ रोल बिजुलीको तार चोर्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सिधुङ गाउँपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका थापाचोक बस्ने ३० वर्षीय टीकाराम पहरी र २१ वर्षीय विनोद पहरी छन्।
उनीहरुलाई बिजुलीको तारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।