काठमाडौं– भिमसेन गाउँपालिका–४ चौताराका जितबहादुर बिकलाई एकनाले भरुवा बन्दुक १ थान, बारुद करिब ५० ग्राम र छर्रा ४७ थान सहित चौताराबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा उनको घरमा तलासी गर्ने क्रममा शौचालय पछाडि लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी जितबहादुरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।