विराटनगर– पाँचथरको फिदिम नगरपालिका–३ लाकीखर्कमा मंगलबार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
झापाको बिर्तामोडबाट फिदिम जाँदै गरेको बा ९५ प ९३१९ नम्बरको मोटरसाइकलले मेची राजमार्ग अन्तर्गतस्थानीय ४५ वर्षीया विमला कुमारी राईलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
मोटरसाइकल पछाडि सवार २८ वर्षीय संगम योङाहाङ पनि घाइते भएकी छन्। उनकाे पाँचथर स्थित पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।