काठमाडाैं– जनकपुरबाट भएको मेडिकल शिक्षासम्बन्धी एक फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन्।
डा केसीले गत मंसिर ३ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गतवर्ष नियमविपरीत नेपालको प्रवेश परीक्षा उत्तीर्ण नगर्ने विद्यार्थीहरुलाई भर्ना गरेको उक्त फैसलाअनुसार सो भर्ना सदर भएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनले सम्बन्धित नियमनकारी नियामक निकायको नियम विपरीत भर्ना गरेकोमा दण्डित हुनुपर्नेमा पुरस्कृत गरेको बताएका छन्।
प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनले भने, ‘न्यायको आधारभुत सिद्धान्त नै दोषी दण्डित हुने भन्ने हो। दोषी पुरस्कृत हुने र नियमनकारी निकाय दण्डित र निष्प्रभावी हुने अवस्थाले अदालतका आडमा माफियाहरुले मेडिकल कलेजलाई डिग्री किनबेच गर्ने थलो मात्रै बनाएका छन्।’
उनले यसअघि नै चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नेलगायतका मागहरु राखेर हामीले पौष २ गतेसम्मको अल्टिमेटम दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।