काठमाडौँ– स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको अाज २८ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
हृदय र चेतनाका गायक भनेर परिचित स्वरसम्राट नारायण गाेपालकाे निधन २०४७ मंसिर १९ गते राति ९ बजे मधुमेहका कारण वीर हष्पिटलमा भएको थियाे।
विसं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालका 'पर्खी बसेँ', 'जुन फूल मैले,' 'म त लाली गुँरा भएछु,' मलाई नसाेध' लगायतका दर्जनाैँ गीत चर्चित छन्।
पछिल्लाे समय उनलाई मानक बनाएर लागेका धेरै संगीत साधकहरू सांगीतिक क्षेत्रमा सफल छन्।
नारायण गाेपाल जीवनमा थुप्रै सम्मान तथा पुरस्कारले सम्मानित समेत भए।
२०२३ सालमा रेडियाे नेपालबाट सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वाेत्तमगायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट उनी सम्मानित भए।
उनकाे स्मृति दिवसकाे अवसरमा देशका विभिन्न ठाउँमा प्रत्येक वर्ष विविध कार्यक्रम गरेर उनलाई सम्झिँदै अाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।