पेरिस– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोन्टपेलियरबीचको खेल स्थगित गरिएको छ। फ्रान्सको राजधानी पेरिसमा आन्दोलन चर्किदै गएपछि मंगलबारका लागि निर्धारण गरिएको खेल स्थगित गरिएको हो।
इन्धनमा कर बढाएको विरोधमा पछिल्लो तीन सातादेखि फ्रान्समा चर्को विरोध भइहरेको छ। विरोधले उग्ररुप लिदै गएपछि पेरिसमा निर्धारण गरिएको खेल स्थगित गर्न प्रहरीले फ्रेन्च लिग वानलाई अनुरोध गरेको थियो। सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरी लिग स्थगित गर्न अनुरोध गरेको बताइएको छ।
पिएसजीको आगामी २ खेल पेरिस बाहिर भएकाले केहि राहत महसुस गरिएको छ। पिएसजीले लिग वानको खेलमा स्टार्सवर्गसँग पेरिस बाहिर खेल्ने छ भने च्याम्पियन्स लिगको खेलमा रेड स्टार्स बेल्ग्रेडसँग खेल्न सर्विया जानेछ।
इन्धनमा बढाइएको करको विरोधमा दिनहुँ जसो भइरहदा अहिलेसम्म २ सय ५० बढी पक्राउ परिसकेका छन् भने सय भन्दा बढी घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।