राजविराज– माछा मार्ने क्रममा नहरमा डुबेर बेपत्ता भएका सप्तरीका एक युवकको शव फेला परेको छ।
डाकनेश्वरी नगरपालिका–३ स्थित कोशी पश्चिम नहरमा डुबेर बेपत्ता भएका २४ वर्षीय रामबाबु मुखियाको शव मंगलबार साँझ फेला परेको हो। काठमाडौंबाट आएको गोताखोर टोलीले युवकको शव निकालेको इलाका प्रहरी कार्यालय पातोका सई प्रभुराम बुढाथोकीले जानकारी दिए।
माछा मार्ने क्रममा पानी बाहिर निस्कन नसकेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ढाडमा माछा बाँधेको अवस्थामा मुखियाको शव फेला परेको स्थानीयले जानकारी दिए।
मुखिया सोमबार बिहानैदेखि नहरमा डुबेर बेपत्ता भएका थिए। साथी सहित माछा मार्न नहर पसेका मुखिया पानीबाट बाहिर ननिस्किएपछि खोजतलास सुरु भएको थियो। स्थानीयवासी, नेपाल प्रहरी, ससस्त्र प्रहरीको टोलीले सोमबार बिहानैदेखि खोजीकार्य गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।