जनकपुर– जनकपुरमा मनाइने विवाहपञ्चमी महोत्सवमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने भएका छन्।
योगी आदित्यनाथ विवाहपञ्चमीमा भारतीय पक्षको तर्फबाट जन्ती बनेर जनकपुर आउने निश्चित भएको संघीय सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीले प्रदेश २ सरकारलाई जानकारी गराएका छन्।
आदित्यनाथ मंसिर २६ गते जन्ती बनेर जनकपुरधाम आउने छन् ।
परराष्ट्र सचिव बैरागीले आज योगीको भ्रमणबारे औपचारिक जानकारी प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदीलाई गराएसँगै त्यहाँको तयारी तीव्र पारिएको छ।
रामजानकी विवाह पञ्चमीमा जन्ती बनेर निजी विमानबाट २६ गते आउने र वैवाहिक कार्यक्रममा सहभागी भएपश्चात् सोही दिन नै उनी फर्किने तय भएको छ। मुख्यमन्त्री योगीसहित अरू ५ सय १ जना साधुसन्तको जन्ती जनकपुर आउने बताइएको छ।
योगीसहित साधुसन्तको टोलीसँगै प्रदेश सरकारका मन्त्री, सचिव, कर्मचारी, स्थानीय तहका प्रतिनिधि लगायत १५ सय जनालाई दिवाभोज दिने तयारी प्रदेश सरकारले गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।