राजविराज– काठ चोरी–तस्करी मुद्दाका फरार दुई अभियुक्तलाई बारा प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ।
कोल्हवी गाविस– ९ का रामगिर चौधरी र पाँच पाहुन चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विशेष अदालतको २०४९ जेठ २६ को निर्णय अनुसार दुवै जनालाई जनही १ वर्ष कैद र ५ हजार ५ सय ४७ रुपैयाँ जरिवाना तोकेको थियो।
कैद र जरिवाना असुलीका लागि दुवैलाई वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रन्जितसिंह राठौरले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।