काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति समिति गठन गरेको छ।
भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको हो।
ती समितिको संयोजकमा क्रमशः अध्यक्ष लोकेन्द्र मल्लिक, सदस्य विजुल विक दुलाल, प्रवक्ता प्रा डा विष्णु पाठकक, सदस्य नरकुमारी गुरुङ र अर्का सदस्य आइबहादुर गुरुङ छन्।
आयोगका प्रवक्ता प्राडा पाठकका अनुसार आयोगले निर्धारित समयमै काम सम्पन्न गर्नका लागि विभिन्न पाँचवटा समिति बनाएर काम भइरहेको जानकारी दिए। बेपत्ता व्यक्तिको ५६ जिल्लामा विस्तृत अध्ययन सम्पन्न गरिसकेको उक्त आयोगको म्याद आगामी माघ २७ गते सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।