काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
विमानस्थलको सुरक्षामा खटिएको प्रहरी टोलीले धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई सोमबार पक्राउ गरेको हो। विमानस्थल पार्किङ एरियामा विदेशबाट आएका यात्रुहरूबाट सुनको बाला ३ थान संकलन गरिरहेको अवस्थामा उनलाई नियन्त्रण लिइएको हो।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।