• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फ्याक्सबाट आएको \'लभ लेटर\', जसले १३ वर्ष माइतीको ढोका बन्द गर्‍यो

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १८, २०७५  १३:४४
1140x725

पोखरा- १९ वर्षकी थिइन्, विष्णुमाया ढकाल (राई)। एसएलसी दिएर उनी जर्मन जाने ध्याउन्नमा लागेकी थिइन्। त्यसका लागि कागजपत्र मिलाउनुपर्ने थियो। अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन। पूरै लेकसाइडभरि २ वटा थियो, फ्याक्स गर्ने ठाउँ। त्यसका लागि कुर्नुपर्थ्यो।

२५ वर्षअघिको कुरा हो। लेकसाइड त्यतिबेला पनि पर्यटकीय गन्तव्यको रुपमा परिचित भइसकेको थियो। विष्णुमायाको परिवार होटल व्यवसायी थिए। सम्पन्न परिवारकी सदस्य। कहिलै कुनै कुराको चिन्ता लिनुपरेन। न भातभान्सा नै गर्नुपर्‍यो।

जर्मनकी एक महिलासँग मायाको मित्रता बढ्यो। मिल्ने साथी बने, साथीले उतै (जर्मन) बोलाइन्। त्यसैको कागजपत्र फ्याक्सबाट पठाउने र पाउने गर्न फ्याक्स स्टुडियोमा धाइरहन्थिन्। यो क्रम निकै लामो समय चल्यो।

एकदिन फ्याक्स अफिसमा नयाँ अनुहार आयो। गाइँगुइँ हल्ला सुनिन्, ‘पूर्वको राई केटा हो। निहुँ नखोज्नू। पैले काट्छ अनि मात्रै ऐले काट्छु भन्छ।’ उनलाई हल्लाले छोएन। 

उनी थिए, चिम्सा आँखा र ठूलो जिउ भएका रामकुमार राई। तर विष्णुमायाको उनीसँग कुनै लेनदेन थिएन। उतिसारो वास्ता पनि गरिनन्। रामकुमार काठमाडौंबाट पोखरा आएका रहेछन्।

‘प्राय भेट हुन थाल्यो फ्याक्स अफिसमा। गफगाफ बढ्न थाल्यो। दाइबहिनीको साइनो प्रयोग गर्‍यौं। देख्यो कि कफी खाऊँ भन्नुहुन्थ्यो,’ उनले २५ वर्षअघिको कुरा खोतल्दै भनिन्, ‘मैले दाइकै रुपमा गफ गरिरहेकी थिएँ। मनमा प्रेम भन्ने थाहा नै थिएन।’ 

विष्णुमायाको भिसा लाग्यो। उनी जर्मन उडिन्। जानेबेला फ्याक्स अफिसअघिबाटै बस चढिन्। रुँदै सबै परिवारसँग बिदा मागिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यही भिडमा उभिएका थिए, राम। उनलाई कसोकसो अलि विशेष तरिकाले भनिछन्, ‘दाइ, बस्नु है। म छिट्टै आउँछु।’ बस काठमाडौं पुग्यो र एउटा होटलमा गएर रोकियो। 

विष्णुमाया आमासँग काठमाडौं गएकी थिइन्। बा नेपाली सेनामा भएकाले छोरी पठाउन भ्याएनन्। साँझको खाना खाएर सुत्नै लाग्दा होटेलको एकजना कर्मचारीले मायालाई खबर पुर्‍याए, ‘दिदी, तपाईंलाई भेट्न एक जना दाइ आएका छन्।’ 

उनी झसंग भइन् ‘आखिर को रहेछ, काठमाडौंमा मलाई भेट्न आउने?’

रिसेप्सनमा आएर हेर्दा ढकाल झन् झस्किइन्। त्यहाँ हिजै बिदा गरेर आएका राम बसिरहेका थिए। के गरौं र कसो गरौंका स्थितिमा पुगेर उनीसँग एक बोतल चिसो खाएर कोठा फर्किइन्। उनलाई ठूलो डर थियो, ‘आमाले थाहा पाइन् भने मार्छिन्।’ 

Xtrem

Xtrem

विष्णुमाया जर्मन उडिन्। राई पोखरा फर्किए। 

विदेशमा उनी बंगुर फार्ममा काम गर्न थालिन्। ‘त्यहाँ रहँदा उनले पठाएको चिठी फ्याक्समा म बस्ने भएकाले सुरुमै पाउँथेँ,’ श्रीमतीको छेउमै बसिरहेका रामले लजाउँदै भने, ‘पहिले म पढ्थेँ अनि मात्रै घरमा लगेर दिन्थेँ।’ 

जर्मनमा लगभग तीन महिना काम गरिन् विष्णुमायाले। भिसा सकिएपछि रि-अप्लाई गर्न उनी नेपाल फर्किइन्। 

राति मात्रै काठमाडौंबाट पोखरा आइपुगिन्, उनी। ‘राति त्यस्तै भयो। बिहान उठ्दा फेरि उहाँ घरमै आउनुभएको रहेछ। म फेरि के गरौं गरौंमा पुगेँ,’ उनी सम्झिन्छिन्। 
जे होस्, बिहानै राम घरमै आएकोमा भने उनी खुसी नै थिइन्। 

०००


विष्णुमायालाई मन पराउन थालेको रामलाई थाहा भइसकेको थियो। उनी प्रस्ताव राख्न राम्रो समयको पर्खाइमा थिए। भिसा सकिएर नेपाल आएकी उनी पुन: जर्मन फर्किन कागजपत्र मिलाउँदै थिइन्। जर्मनबाट आउने प्रत्युत्तर पर्खाइमा थिइन्। 

एकदिन विष्णुमायाले अप्लाई गरेको कागजपत्रको प्रत्युत्तर आउने दिन थियो। त्यही दिन रामले प्रेम प्रस्ताव राख्नेबारे सोचे। बिहान हतार गर्दै फ्याक्स अफिस जाँदा राम बसिरहेका रहेछन्।

‘बैनी तपाईंको फ्याक्स आएको छ,’ रामले हातको कागज थमाउँदै भनेछन्। उनले चिठी हातमा लिइन्, एकछिन हेरिन्। केही बोलिनन्। चिठी बोकेर साइकल कुदाउँदै घर फर्किइन्। 

‘उहाँले त लभ लेटर पो दिनुभएको रहेछ। पहिलो पटक त्यसरी पाउँदा म त खुब डराएकी थिएँ,’ उनले प्रेमको सुरुआती दिन सम्झिइन्। 

सुरुमा मायाले प्रस्ताव अस्विकार गरिन्। तर पछि लाग्न छोडेनन्, राम। 'हत्तु भइपछि ‘ओके’ भनिदिएँ। जर्मन जाने लक्ष्य पनि त्यागिदिएँ,' उनले हाँस्दै सुनाइन्।

जब उनले स्विकार गरिन्, त्यहीँबाट उनीहरुको प्रेमले नयाँ मोड लिन थाल्यो। अन्तरजातको जञ्जालमा उनीहरु फस्न थाले।

‘सधैं सँगै घुम्न थालेपछि गाइँगुइँ हल्ला चल्यो, एकदिन आमाले पनि थाहा पाउनुभयो। त्यसदिन रातभरि झगडा गरेका थियौं,’ मायाले सुनाइन्, ‘अर्को दिन बिहानै म र राम सल्लाह गरेर भाग्यौं।’ 

भाग्नुभन्दा दुई-तीन दिन अघिमात्रै मायाले नयाँ कुरा थाहा पाएकी थिइन्। विवाहित रामकी छोरी पनि रहिछन्। तर ढिलो भइसकेको थियो। उनलाई रामसँगै जीवन गुजार्नु थियो। भनिदिइन्, ‘उसलाई पनि आफ्नै छोरी मान्न तयार छु।’

०००


विवाह भएपनि केटी पक्षले स्वीकार गर्ने कुरा थिएन त्यो समयमा। भागेर पनि उनीहरु लेकसाइडमै बस्ने आँट गरे। राम पहिलेकै अफिसमा थिए। आर्थिक अभावले चिथोर्न थोलेपछि मायाले पनि एउटा रेस्टुरेन्टमा रिसेप्सनको काम गर्न थालिन्। ‘खाली समयमा कुक दाइसँग मिलेर खाना पकाउने कला पनि सिकेँ,’ माया सगर्व सुनाउँछिन्। 

कामका लागि कसैसँग ऋण माग्दा पनि दिएनन्। ‘काम परेरै १० हजार मात्रै माग्दा पनि दिन्छु भनेर मात्रै टारिरहे। हामीलाई कसैले पत्याउन सक्ने स्थिति नै थिएन,’ राम भन्छन्। विष्णुमायाले विश्वास गरेकै आफन्तबाट ‘तलाईं कुन आधारमा पैसा दिने?’ जस्ता कठोर वचनको सामना पनि गरिन्। 

एकदिन विष्णुमाया काम विशेषले माइती घरको बाटो हिँड्दै थिइन्। बाबुले फेला पारे। ढुंगैढुंगाले हिर्काउन थाले। अग्लो हिल लगाएकी थिइन्। भाग्दै गर्दा चोट लाग्यो। ‘तल्लो जातसँग बिहे गरेर कुलको इज्जत फालिस् भन्दै हान्न थाल्नुभयो। भाग्दा चप्पल पनि चुँडियो। खुट्टामा चोट पनि लाग्यो,’ केही दु:खी हुँदै उनले सुनाइन्।

पछि उनले जागिर छोडिन्। जर्मनबाट फर्किंदा ल्याएको केही रकम थियो। त्यसैले लेकसाइड छेउको एउटा पुरानो घर भाडामा लिइन्। होटल चलाउन थालिन्। सामान्य मम: चाउमिन पकाउन पहिले कुक दाइसँग अलिअलि सिकेकी थिइन्। राम भने पहिलेकै अफिसमा जागिरे थिए। व्यापारले बिस्तारै गति लिएपछि दुवै मिलेर काम गर्न थाले। जीवनस्तर उकासिँदै जान थाल्यो। 

०००


दु:खसुख गरेर १३ वर्ष बित्यो। लेकसाइडमा व्यापार गरेकैले आर्थिक स्थितिमा छलाङ मार्‍यो यो जोडीले। तर परिवारले स्वीकार गरेन्। विष्णुका भाइ विदेशमा पढाइ सकेर नेपाल आए। पहिले बाबुलाई सम्झाउने कोसिसमा लागे। तर बाबुले मानेनन्।

कान्छा भाइ जंगिए, ‘कि दिदीलाई स्वीकार गर्नुस् कि हामी तपाईंलाई अस्विकार गर्छौं।’ 

बाबुले सर्त माने। 

त्यसपछि १३ वर्षपछि उनले जन्मघरको दैलो टेक्ने मौका पाइन्। आमा भने बेलाबेलामा छोरीको घर आइरन्थिन्। अन्तर्जातीय बिहेकै कारण १३ वर्ष टाढा भएकी विष्णु भन्छिन्, ‘अहिले त सबैभन्दा प्यारी छोरी भएकी छु। केही परे मलाई भन्नुहुन्छ। ठिक निर्णय लिएकी रहेछु।’

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै पत्रकार हुन् कि गुण्ड... बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै केन्द्रले २०८३ असोज १४ गते गरेको दैनिक अनुगमन तथा आवश्यक कारबाहीका लागि निर्देशनसम्बन्धी विवरणअनुसार गुल्मीका सरकारी कार्यालयसँगै का... बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्