सप्तरी– भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले सप्तरीको छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ।
छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नम्बर ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन्।
प्रहरीले जाँचका क्रममा देवको साथबाट नाइट्रोभेट १५० ट्याब्लेट, गुप्ताको साथबाट नाइट्रोभेट ३० ट्याब्लेट र मण्डलको साथबाट डिएलेक्स डिएल तीन बोतल बरामद गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।