• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मातृभाषालाई अब कसले जोगाउँछ?

64x64
नेपाल लाइभ सोमबार, मंसिर १७, २०७५  २२:३४
1140x725

‘मलाई मेरो भाषा जानेर के फाइदा? मैले जागिर पाउँछु र?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो। मैले भनें-अब तपाईंले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईंको जति ज्ञान हुन सक्दैन। उहाँले आफ्नो भाषा जोगाउनुको अर्थलाई मात्र गाँस, बास र कपासको सन्दर्भमा लगेर जोड्नुभयो। उहाँ दोषी हुनुभयो भनौं भने बाध्यताका अगाडि राष्ट्रियता र स्वाभिमान खोक्रो हुँदो रहेछ।

मलाई याद छ, शिक्षित वर्गका एक जना मित्रले भन्नुभएको थियो, ‘आमाबाबाले बोर्डिङ पढाउनुभयो। घरमा आफूहरू मात्र गुरुङ भाषामा बोल्नुहुन्छ। मसँग बोल्दा नेपालीमा कुरा गर्नुहुन्छ। स्कुलमा अङ्ग्रेजी पढियो। त्यहाँ नेपाली बोलेवापत फाइन तिरियो। घरमा आएपछि ‘गुरुङ भाषा सिकेर तेरो के काम छ र?’ भन्ने जवाफ पाइयो। म अहिले न अङ्ग्रेजी राम्ररी जान्दछु। न नेपाली शुद्ध छ। न त आफ्नो मातृभाषा जान्दछु।’

नेपालमा भारोपेली, भोटबर्मेली, आग्नेय र द्रविड परिवारका भाषा बोलिन्छन्। त्यसमा पनि लोपोन्मुख अवस्थामा घिटिघिटि भएको कुसुन्डा भाषाका २८ जना वक्ता भएको २०६८ को जनगणनाले देखाए पनि हालसम्म चार/पाँच जना मात्र वक्ता रहेको बुझिन्छ। सन् २००९ मा एथ्नोलले संसारमा ६ हजार ९ सय ९ भाषाहरू रहेको तथ्य पस्केको छ।

हाम्रो संविधानले भाषिक हक र अधिकार सुनिश्चित गरेको छ। मातृभाषामा शिक्षा लिन पाउने हकलाई सुनिश्चित गरेको छ। तर, हिजाेअाजकाे साेच 'गुरुङ भाषा सिकेर मैले जागिर पाउँदिन, बरु त्यो कोरियन भाषा सिके महिनाको एक लाखभन्दा बढी कमाइ गर्न सकिन्छ' भन्ने छ। यसकाे तात्पर्य अभाव र आवश्यकताले मानिसको जीवन आक्रान्त छ।

भावनाले पेटको भोक मेटिँदैन। चाहेर पनि आजको विश्वव्यापीकृत संसार साँघुरिएको परिस्थितिमा मातृभाषा सिक्नुपर्ने कुरा गफ, कानुन र चर्चामा मात्रै सीमित भएकाे अनुभूत हुन्छ। अर्कातिर हामीलाई अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले जान्नैपर्ने बाध्यता छ। नेपाली भाषा साझा सम्पर्कको भाषा भएपनि यसमा अङ्ग्रेजी मिश्रणको व्यापकताले कुरूप बनाइरहेएको छ।

सञ्चार माध्यम, विज्ञापन, सामाजिक सञ्जालमा नेपाली भाषा संरक्षणको विषय चुनौती बन्दै छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नातो गाँस्ने सम्प्रेष्य आधार ४४ दशमलव ६३ प्रतिशत वक्ताले बोल्ने नेपाली भाषालाई यसरी नै सङ्कटमा हालिरहँदा अन्य १ सउय २२ भन्दा बढी भाषालाई जोगाउन हाम्रो देश, नेपाली जनता र व्यावहारिकताका पाटा सबल छन् त? भाषालाई जबर्जस्ती जोगाऊँ भन्ने विषय होइन। तर नेपालका मातृभाषा जोगाउने विषय साँच्चै ‘मर्ने बेलामा हरियो काँक्राे’जस्तै नबन्ला भन्न सकिन्न।

नेपाली नागरिक भएर नेपालमा नेपाली विषय पढें। तर मेरो प्रमाणपत्रमा एउटा पनि वर्ण नेपालीको छैन। हाम्रो मनोविज्ञानभित्र भाषाको मर्म कमाइ खाने र विदेशिने चक्कर मात्र भन्ने छ। आजका अभिभावक भन्नुहुन्छ, ‘अङ्ग्रेजी पढे विदेशमा काम पाइन्छ। नेपाली नजाने पनि कमसेकम मेरो नानी/बाबुलाई अङ्ग्रेजीमा राम्ररी बोल्न र लेख्न सिकाइदिनुहोस्।’

आफ्ना सहकर्मीसँग गफिएर मेरो बेवास्ता गरिरहेका एकजना कर्मचारीलाई मैले अनुरोध गरें, कृपया मलाई अलिकति हतार छ, मेरो काम गरिदिनुहुन्थ्यो कि। उहाँले झर्केर भन्नुभयो, ‘अाेबियस्ली, म हल्का बिजी छु, प्लिज तपाईं भोलि मर्निङ अर्थात् फस्ट आवरमै आउनुस् न!’ म अवाक् भएँ तर स्वदेशको गौरवमा पीडाबोध भयो। आजभोलि चर्चित सञ्चार माध्यममा समेत नेपाली शब्दलाई भाडामा समेत लिन नसकेर अङ्ग्रेजीका शब्दलाई जबर्जस्ती घुसाएर बडप्पनको ढोङ गरिएका छरपस्टै भेटिन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

वर्तमान सन्दर्भमा हेर्दा शिक्षामा बहुभाषिक नीति अँगालेको भए पनि मूलतः अङ्ग्रेजी र नेपाली भाषा नै चर्चामा छन्। आज अङ्ग्रेजी सिकाउनुपर्छ भन्ने मानसिकता जागृत भइरहँदा नेपाली भाषा र मातृभाषाप्रतिको झुकावमा कालो बादल लागेको अनुभूत हुन्छ। तीन महिना भाषा सिकेर बोल्न सक्ने भइन्छ भने हामीमा धेरै भन्दा धेरै भाषा सिक्ने खुबी त हुन्छ। लक्ष्य, परिश्रम र निरन्तरताले बहुभाषिक व्यक्तित्व निर्माण गर्न सक्ने हामीले आज आफ्नै मातृभाषालाई किन गलहत्याइरहेका छौँ?

संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ मा नेपाल सरकारले संवैधानिक कार्यादेशअनुसार भाषा आयोगको गठन गरेको छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन २०७४ मा पाँच वर्षे रणनीतिक मार्गचित्र पस्केको छ। नेपालका सबै भाषाको व्यवस्थित अध्ययन, संरक्षण र संवर्द्धनका लागि भाषा आयोग लागि परिरहेको छ। लोपोन्मुख भाषाको संरक्षण, संवर्द्धन र विकासका पाटामा आयोग चिन्तित छ। यद्यपि समाज मनोविज्ञान र सरकारको नीतिगत सहयोगका कोणका पक्षमा आयोग एक्लो होइन र? के नेपालले आफ्नो देशका कार्यलाई आफ्नै देशको माध्यम भाषामा सम्म पनि सम्पन्न गर्न सक्दैन?

आयोगले सरकारी कामकाजको भाषाका सम्बन्धमा प्रतिवेदनको परिच्छेद ६ मा गरेको सिफारिसको विषय साँच्चै पेचिलो लाग्छ। आयोगले सरकारी कार्यालयमा अभिलेख राख्दा, शैक्षिक वा अन्य प्रमाणपत्र तयार गर्दा, पत्राचार गर्दा, पत्रमा कार्यालयको नाम र विवरण उल्लेख गर्दा वा छाप प्रयोग गर्दा कार्यालयहरूको नामाकरण गर्दा, औपचारिक समारोहमा सम्बोधन गर्दा, यातायातका साधन वा सार्वजनिक सरोकारका विषयमा भाषाको प्रयोग गर्दा, सार्वजनिक सूचना वा विज्ञापन गर्दा, सञ्चार माध्यममा, मुलुकभित्र वा बाहिर सम्बोधनमा नेपाली भाषाको प्रयोगलाई अनिवार्य गर्नुपर्ने संविधानसम्मत नीतिको तर्जुमा गर्ने सुझाव गरेको छ।

अब मातृभाषामा पढाउनुपर्छ। हाम्रा भाषालाई जोगाउनुपर्छ भन्ने बहस पनि नभएको होइन।  तामाङ भाषीहरुकै जवाफ आयो, ‘तामाङ भाषा त हामी नै घरमा सिकाइहाल्छौँ नि। तपाईंहरू विद्यालयमा अङ्ग्रेजी पढाउनुस् न।’

आज आफ्नै गरिमा र पहिचान बोक्ने भाषा, संस्कृति र सकारात्मक परम्परालाई समेत तिलाञ्जली दिएका हामीले कलिला सन्तानलाई विदेशको भूत चढाएका छाैं। अङ्ग्रेजी भाषा सिके विदेश पलायन हुन सहज हुने सङ्कुचन मानसिकता बाल मष्तिस्कमा भरेका छौँ। अङ्ग्रेजी मोहको अन्धो भक्तिको भूत चढेपछि महङ्गा स्कुलमा भर्ना गर्नु र अङ्ग्रेजीमा बोल्नु नै सबै थोक हो भन्ने ठान्दै नेपाली भाषा सहायक आवश्यकतामा र मातृभाषा त गौण आवश्यकतामा पर्न पुग्दा रहेछन्।

आजको युगमा घमण्ड, इज्जत, बडप्पनको मनोदशाले झापड हानिरहँदा समाजमा शिक्षाभित्रको वर्गीयता र खोक्रो आडम्बर जन्मिरहँदो छ। अङ्ग्रेजी सिक्नुमा खराबी अवश्य होइन, तर आफैंलाई बिर्सेर समर्पित बन्ने अन्धोपना चाहीं खराब हो। अङ्ग्रेजी भाषा हरेक विषयवस्तुको गहन अध्ययन, शोध, प्राज्ञिक बौद्धिक विकास, अन्तर्राष्ट्रिय सहसम्बन्ध, भौतिक वैज्ञानिक विकास मात्रै होइन विश्वव्यापीकृत बन्ने कुरासम्ममा उपयोगी र आवश्यक छ। तर, हामीले मातृभूमिमा सङ्घर्ष गर्ने, नेपाल आमाको माटाेको ऋण घटाउने सपना तुन्न सक्ने आधार नदेख्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विषय नै विलय बन्दो रहेछ। हो, देश यी विषयमा जिम्मेवार हुनुपर्छ तर पर्यटन विकास गर्ने, यहाँका स्रोतसँग सहकार्य गर्दै आत्मनिर्भर बन्ने सपना देखाउनै हामीले जानेनौं।

जसका छोराछोरी या आफन्त विदेशमा छन्, रातोदिन संस्कृति, समाज, आफन्त नभनेर डलर कमाउने ध्याउन्न हुन्छ, तिनले स्वदेशमै रहँदा पनि नाक फुलाउँछन्। बिरामी पर्दा पानी तताएर दिने मान्छे नहुनेले यहाँ गफ लगाउँछन्, अमेरिका, अस्ट्रेलियाका परिवारको आडम्बरमा सामान्य वर्गलाई निम्जो मान्छन्। ग्रिन कार्ड लिने, उतै संसार बसाउने सोचमा लहसिएर स्वाभिमान कुल्चिने संस्कारलाई पक्षपोषण गर्न समाजमा मातृभाषाको संरक्षण, स्वाभिमानका कुरा परजीवीतन्त्रको जालोमा फसिरहन्छन्। विदेशका पीडा मात्र होइन आफ्ना संस्कृति, परम्परा, आफन्त, नेपाली मौलिकतालाई छोडेर अर्कैको संसारमा रम्ने प्रवृत्तिमा लिप्त मानसिकतामा मातृभाषाको दोहन भइरहेको छ। 

ताना शर्माको ‘पातालमा बिलाउने रोग’ र ‘बेलायततिर बरालिँदा’ निबन्धले घच्घच्याउँछ। हरेक भाषालाई बाँच्न र प्रसारित हुन वर्ण, लिपि, व्याकरण, शब्दकोश, साहित्य, वाङ्मय विकास तथा प्रसारित र स्वीकरण गर्ने राज्यनीतिको खाँचो पर्छ। एउटा भाषाको वर्ण र लिपि तयार पारेर त्यसलाई जीवन्त बनाउने महान् र वैज्ञानिक कार्य कुनै केटाकेटीको भाँडाकुटी खेल त होइन।

२०६८ को जनगणनामा पेस गरिएको तथ्याङ्कलाई हेर्दा नेपालका १ सय २३ भाषामध्ये १३ वटा भाषा बोल्ने १ प्रतिशतभन्दा बढी वक्ता छन्। १ सय १० वटा भाषाका वक्ता १ प्रतिशतभन्दा कम छन्। नेपाली भाषा केन्द्रीय विभागका प्रा डा दानराज रेग्मीले प्रस्तुत गर्नुभएको तथ्याङ्कका अनुसार नेपालमा ५३ प्रतिशत भाषा सुरक्षित, ५१ प्रतिशत सङ्कटापन्न, ११ वटा अपशरणशील, ६ वटा मृतप्रायको स्थितिमा छन् भने एउटा सुषुप्त र एउटा भाषा लोपोन्मुख अवस्थामा पुगेको छ।

मातृभाषामा २४ वटा बढी पाठ्यक्रम तयार भएका छन् तर यसको विकासमा बौद्धिक वर्गको ध्यान जान थाले पनि समाज मनोविज्ञानले तगारो हालेकै छ।

अलिअलि अङ्ग्रेजी मिसाएर बोलेमा बडप्पन झल्कने हाम्रो आदत बस्दै छ। हाम्रो भाषामा कुरुपता छ। लवाइखवाइमा आडम्बर छ तर भाषा हाम्रा पुर्खाले दिएको अमूल्य निधि हो। एउटा भाषाको निर्माण गर्नु अनि भाषासँग जोडिएको संस्कृति, धर्म, परम्परा, चालचलन, शिल्प कलात्मकता, आचरण, व्यावहारिकता, औषधी विज्ञान र विज्ञानको सम्मिलन जस्ता पक्षलाई हामीले बोध गर्न जान्दैनौँ भने हाम्रो मौलिकता नै मक्काउँदै गएको होइन र? 

परिवर्तन त्यो होइन जसमा आफैंलाई लगेर बेचौं। हाम्रा मातृभाषालाई बोल्न जानिरहेकै पुस्ताले नजोगाए यी केवल इतिहासका पानामा सीमित रहने भय छन्। हाम्रा भावी पिँढीले हामीलाई पक्कै सत्तोसराप गर्लान्। हिजो एकभाषिक नीति थियो तर यो कुनै जातिको आधारमा भएकै होइन, शासन र सोचले जन्माएको वास्तविकता हो। 

भाषासँगै समाज र संस्कृतिले नातो गाँस्दा त्यहाँ युगीन चित्र र मनोरञ्जनका झलकलाई मुखर पारेको हुन्छ। मातृभाषाप्रतिको हीन सङ्कीर्णतालाई मेट्न समाज, स्थानीय सरकार र राज्यले प्रोत्साहन गर्ने बेला आएको छ। यी विषयमा मूलतः गोरखापत्र दैनिकले समावेशी समाजको दर्बिलो सम्बोधन गर्दै बहुभाषिक पृष्ठभूमिमा रहेर समाचार सम्प्रेषण गर्दै गरेका विषय पक्कै सह्राहनीय छन्। रेडियो नेपालले प्रसारण गर्ने बहुभाषिक कार्यक्रम वास्तवमा प्रशंसनीय छन्।

आज माध्यमिक तहका धेरै विद्यार्थीलाई एउटा निवेदनसम्म पनि राम्ररी मिलाएर लेख्न आउँदैन। नेपालीका खबर समाचारलाई अक्षर फुटाएर पढ्नै आउँदैन। कार्यालयमा एउटा चिठी लेखेर कुनै औपचारिकता व्यक्त गर्ने सिप विकास भएको हुँदैन। देशमा उत्पादन गरिरहेको जनशक्तिले दैनिक आवश्यक कागजातका विषयहरूमा प्रयोगात्मक तबरले प्रस्तुत गर्न सक्नुपर्ने हो। आजको शिक्षित वर्गले सजिलै भनिदिन्छ, ‘मलाई नेपाली आउँदैन।’

धेरै नेपालीलाई अङ्कलाई नेपालीबाट भन्न र लेख्न आउँदैन। बरु नेपालीका अङ्कलाई पनि अङ्ग्रेजीमा अनुवाद गरेर बोल्ने आदत मौलाएको छ। भाषामा परिवर्तनशीलताको गुण हुन्छ भन्दै गर्दा अपशरणशील भएमा हामीले पहिचान गुमाएका लाञ्छना झेल्नु नपर्ला भन्न सकिन्न। 

हुनसक्छ, भाषिक विषयसँग जोडिएका वैज्ञानिकतामा भोलि विज्ञानले जादु भेट्ला। भोलि यसको महत्व बोध गर्ने स्थिति या आर्थिक उन्नति भएपनि त्यो समयमा हामी पछि परेका हुन सक्छौं। कमसेकम जनगणनामा सोधिने प्रश्नमा मातृभाषा नजान्नेले ‘मेरो मातृभाषा फलानो हो’ भन्दै गर्दा आफ्नो सक्षमतालाई पनि ख्याल गरौं। हामीले आफैंलाई, आफ्नो मातृभाषालाई, देशको साझा सम्पर्कको भाषालाई नै बिर्सेर अन्धानुकरण गर्दै दगुरिरहेका विषय दुखद् विषय होइनन् र?

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  २२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेफ सन्तोष साह पक्राउ
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सह–आयोजक अमेरिकाको शानदार जित
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ ३०, २०८३
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्