काठमाडौं– वीरगन्ज महानगरपालिका–१६ नगवा र रजत जयन्ती चोकबाट प्रतिबन्धित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२४ बस्ने २० वर्षीय ‘उदय साह तेली’ भनिने ओम साह तेली, १८ वर्षीय ज्याउल अन्सारी र मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ का विजय परियार रहेका छन्।
इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले ना५४प ९३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ओम साह तेली र ज्याउल अन्सारीको साथबाट नियन्त्रित लागूऔषध फेनारगन ५ सय थान, डाइजेपाम ५ सय थान र नुरफिन ५ सय थान फेला पारी पक्राउ गरेको हो।
साथै प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ बस्ने विजय परियारलाई लागुऔषध नाइट्रोभेट ३ सय थानसहित पक्राउ गरेको हो।
यसैगरी पर्सा वीरगन्ज महानगरपालिका–१५ बाट नवलपरासी बस्ने १९ वर्षीय मनोहर तामाङलाई नियन्त्रित लागुऔषध नुरफिन १८ थान, डाइजेपाम १८ थान र फेनारगन १८ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ। साथै मनोहरसँगै रहेका मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ बस्ने अजिम तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।