काठमाडौं– नेपाल प्रहरीले मकवानपुरकाे थाहा नगरपालिका–७ का श्यामलाल तामाङलाई ४ किलो चरेससहित पक्राउ गरेको छ।
पोखराबाट काठमाडाैं आउँदै गरेको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले सोमबार साढे २ बजे नागढुङ्गामा चेकजाँच गर्ने क्रममा तामाङले लुकाइछिपाइ ल्याएको चरेस बरामद गरेको हो।
उनीमथि लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।