काठमाडौं– संखुवासभा जिल्ला अदालतको २०६५ मंसिर ८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २ वर्ष कैद सजाय भई फरार रहेका प्रतिवादी बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ वस्ने राजकुमार गोलेलाई प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ गोलेलाई बारा जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।